पर्यटन व्यवसायी पम्फा धमलाले नेपाल्स वुमन लडर्स अवार्ड–२०१८ प्राप्त गरेकी छन । धमलालाई सो अवार्ड सिएमओ एशिया नामक भारतिय संस्थाले प्रदान गरेको हो । सिएमओ
सन् २०१८ को पहिलो ११ महिना (जनवरीदेखि नोभेम्बरसम्म)मा नेपालमा १० लाख पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन
खुम्बु भ्रमणमा आएका एक भारतीय पर्यटकको मृत्यु
राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) को शनिबार सम्पन्न चुमखोला विस्तारित बैठकले नाटोजलाई महासंघ बनाउने निर्णय गरेको छ । विस्तारित बैठकलाई सम्बोधन गर्दै
दिपज्योति एड्भेञ्चर टुर्स एण्ड ट्राभल्स प्रा.लि.ले काठमाडौं–जनकपुरधाम पर्यटक बस सेवा सञ्चालनमा ल्याएको छ । यसअघि दिपज्योति ट्राभल्सले काठमाडौं–पोखरा बस सेवा सञ्चालन गर्दै आएको थियो ।
अमेरिकी अभिनेता तथा एथलेटिक्स खेलाडी रोवर्ट(बबी) डोबिन्स्कीले नेपाल भ्रमण सम्पन्न गरेका छन । अमेरिकी अभिनेता तथा एथलेटिक्स खेलाडी रोवर्टले नेपालमा नौ दिन विताएर
नेपाल पर्वतारोहण संघ (एनएमए) को ४५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विहिबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले वार्षिकोत्सवको
बाघ संरक्षणको जनचेतना अभिवृद्धि र पर्यटन प्रवद्र्धनका लागी मकालु एडभेन्चर प्रा.लि.ले “सेभ आवर विग क्याट्स” भन्ने नाराका साथ ट्रेक फर विग क्याट्स अभियान सञ्चालन गर्ने भएको छ ।
हामी हाल प्रविधिको यूगमा छौ । प्रविधिको प्रयोगबाट संसार एउटा सानो डिभाईसमा आईसकेको छ । तर त्यसको उचित प्रयोग र निगरानीको अभावमा कुनै एक पक्षलाई बेफाईदा पनि गरेको छ ।
नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले ३९ औं विश्व पर्यटन दिवसको अवसर पारेर विभिन्न कार्यक्रम गर्ने जनाएको छ । नाट्टाले आगामी सेप्टेम्बर २२ मा
ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) ले एक कार्यक्रमको आयोजना गरी मिस टुरिजम–२०१८ मनिता पौडेल, मिस टुरिजम–२०१८ फस्ट रनरअप प्रकृति ढकाल
आगामी सेप्टेम्बर ४ देखि ९ तारिखसम्म चीनको लसानमा आयोजना हुने सिचुवान ईन्टरनेशनल ट्राभल एक्स्पोमा सहभागि हुन नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को नेतृत्वमा नेपाली
विशेषगरि पोखरामा रहेका तालहरु निकै फोहर हुँदै गएको मैले पदेखेको छु । देशैभरिका तालहरुको संरक्षणमा केहि गर्ने योजना छ । त्यस्तै सामाजिक कामहरुमा पनि सक्रिय रहने योजना
मैले बुझेसम्म नेपालको पर्यटन क्षेत्रलाई प्रविधिसंग अझै राम्रोसंग जोड्न सकिएको छैन । प्रविधिको माध्ययमबाट नेपालको पर्यटन प्रवद्र्धनमा केहि गर्ने योजना
१ भदौ/अर्थ र व्यापार– नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) र नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक तथा उच्च व्यवस्थापकहरु बिच आज भेटवार्ता भएको छ । नाट्टाका अध्यक्ष सीएन पाण्डेको नेतृत्वमा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक तथा उच्च व्यवस्थापकलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि गर्न माग गरेको छ । साथै नाट्टाले विदेशी विमान सेवासँग साझेदारीका लागि पहल गर्न पनि माग गरेको छ । नाट्टाले तेस्रो मुलुकलगायत युरोप, अमेरिकाजस्ता देशका शहरमा हाल नेपाल वायुसेवा निगमको सेवा नगन्य रुपमा रहेको हुँदा त्यस्ता गन्तव्यमा समेत सेवा विस्तार गर्न माग गरेको छ ।
३० साउन/अर्थ र व्यापार– आउदो भदौ १४ र १५ गते आयोजना हुन गईरहेको बिमस्टेक सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्ने भनेको लुम्बिनी र पोखरा भ्रमण रद्द गरिएको छ । सुरक्षाको कारण लुम्बनी र पोखरा भ्रमण स्थगित गरिएको दूतावास स्रोतले जनाएको छ । भारतीय दूतावास र नेपाल सरकार भ्रमणको तयारीमा जुटिसकेका थिए । ‘बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा मुलुकको प्रतिनिधि सहभागी हुनेहुंदा नेपाल सरकारले सबैलाई सुरक्षा दिनुपर्ने हुन्छ । त्यही अवस्थामा मोदी लुम्बिनी र पोखरा भ्रमणमा जाँदा उता पनि सुरक्षा बढाउनु पर्ने भएकाले भारतकै तर्फबाट पोखरा र लुम्बिनीको भ्रमण नगर्ने जानकारी पठाएको बताइएको छ ।
३० साउन/अर्थ र व्यापार– कीर्तिपुर नगरपालिकाले कीर्तिपुरलाई पर्यटन हव बनाउन ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले कीर्तिपुर क्षेत्रको पर्यटकीय विकासको लागि उक्त परियोजना शुरु गर्ने निर्णय गरेको हो । यहाँका प्राचीन महत्वका सम्पदास्थललाई प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रका रुपमा व्यवस्थित गर्ने नीति परियोजनामा लिइएको नगरपालिका उपप्रमुख सरस्वती खड्काले जानकारी दिए । आगामी भदौभित्र चालू आवको प्रथम चौमासिकभित्र परियोजना कार्यान्वयनमा ल्याउने योजना छ । परियोजनाअन्तर्गत पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक उद्योग, होटललगायत पूर्वाधारको विकास तथा नयाँ पर्यटकीय गन्तव्यको सम्भाव्यता अध्ययनसमेत पर्दछन् ।
२८ साउन/अर्थ र व्यापार– प्रतिनिधि सभाको आजको बैठकमा पर्यटन मन्त्रालयबाट गठित छानविन समितिले प्रतिवेदन बुझाइसकेको मन्त्री रविन्द्र अधिकारीले जानकारी गराएका छन् । पर्यटकहरुको फेक रेस्क्यु गरेर आर्थिक हिनामिना गरेको भन्दै पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले छानविन गरेको थियो । मन्त्री अधिकारीले प्रतिनिधि सभाको बैठकमा आठवटा ट्राभल ट्रेकिङ् उद्धार कम्पनी, चारवटा अस्पतालहरु, तीनवटा हेलिकप्टर कम्पनीहलाई कारवाहीको प्रक्रिया अगाडि बढाइएको जानाकारी गराएका हुन् । राजस्व चुहावट अन्तरगत पनि कारवाहीका लागि सिफारिस गरिएको मन्त्री अधिकारीले बताए । विदेशी मुद्राको कारोबार गर्न अनुमपति नलिएको देखिएको पाँच कम्पनी नाम नेपाल राष्ट्र बैंकलाई पठाइएको पनि उनले बताए ।
गत श्रावण १५ गते भएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को निर्वाचनमा विजयी भएका नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ । मञ्चका निवर्तमान
ग्लोबल युथ पार्लियामेन्टले युवाहरुलाई उत्प्रेरणा तथा जागरुक गर्नको लागि भिजन प्रस्तुत गरेको भन्दै युवा पर्यटन व्यवसायी तथा “हिँडे पुगिन्छ” पुस्तकका लेखक राजन सिंखडालाई सम्मान गरेको छ ।
१८ साउन/अर्थ र व्यापार– रविन्द्र अधिकारी पर्यटन मन्त्रीमा नियुक्त भएसंगै दुईवटा हेलिकोप्टर कम्पनीले संचालन अनुमति पाएका छन् । केही दिनअघि मात्रै आरएस हेलिकोप्टरले संचालन अनुमति पाएको छ । स्रोतका अनुसार आरएस कम्पनीले तीनवटा हेलिकोप्टर ल्याउनेछ । काठमाडौं बाहिरबाट उडान भर्ने गरि आरएस कम्पनीलाई स्वीकृति दिइएको छ । कम्पनीका अध्यक्ष राजकुमार साउद हुन् । यसअघि मुस्ताङ हेलिकोप्टरले अनुमति पाएको थियो । स्रोतका अनुसार अन्य २ हेलिकोप्टर कम्पनी अन्नपूर्ण र स्काईलाइन हेलिकोप्टरले पनि संचालन अनुमतिका लागि आवेदन दिँदैछन् । कम्पनी रजिष्ट्रार कार्यालय स्रोतका अनुसार केही हेलिकोप्टर कम्पनी दर्ताका लागि आवेदन दिएका छन्। अहिले १० वटा हेलिकोप्टर कम्पनीको ३० वटा भन्दा बढी हेलिकोप्टर संचालनमा आएका छन् । नयाँ कम्पनीले नियमित उडान भर्न न्यूनतम छ महिना लाग्ने प्राधिकरणले जनाएको छ । प्राधिकरणले इन्जिनियरिङ म्यानुअल, सेफ्टी म्यानुअल, अपरेटीङ म्यानुअल लगायतका विभिन्न चरणहरु पार गरिसकेपछि मात्र एओसी पाउँछ ।
१७ साउन/अर्थ र व्यापार– सरकारले आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना प्रस्तुत गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज सार्वजनिक गरेको ‘पर्यटन क्षेत्रको विकासको पाँच वर्षीय कार्यदिशामा पर्यटन क्षेत्रको नीतिगत, पूर्वाधार विस्तारलगायत क्षेत्रमा व्यापक सुधारको समग्र पक्षलाई समावेश गरिएको छ । मन्त्रालयले सातवटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको उपस्थितिमा पर्यटन क्षेत्रको विकासको आगामी पाँचवर्षे कार्ययोजना सार्वजनिक गरेको हो । पाँच वर्षे कार्यदिशामा ११ बुँदामा प्राथमिकता प्राप्त क्षेत्रको योजनाबद्ध कार्यक्रम अघि सारिएको छ। रणनीतिक महत्वका पूर्वाधार र राष्ट्रिय गौरवका आयोजना, पर्यटन पूर्वाधार निर्माण, विकास तथा स्तरोन्नति, नागरिक उड्डयन क्षेत्रको विकास, पुनः निर्माण, पुनःस्थापना, पुनःरुत्थान, धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा विशिष्ट पहिचानयुक्त सम्पदाको संरक्षण, सम्बर्द्धन र उत्खनन समावेश छ।
१६ साउन/अर्थ र व्यापार– गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को अध्यक्षमा धु्रब सिंखडा बिजयी भएका छन् । उनले प्रत्यासी बासुदेव पाण्डेलाई ४९ मतले पछि पार्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल) को हिजो सम्पन्न निर्वाचनमा सिंखडाले २ सय ८९ मत प्राप्त गरे भने पाण्डेले २ सय ४० मत प्राप्त गरे । कुल ५७६ मतदाता रहेको भिटोफ निर्वाचनमा ५ सय २९ मत खसेको थियो । प्रथम उपाध्यक्षमा दिपक दाहाल २ सय ८७ मत ल्याई विजयी हुंदा उनका प्रतिद्वन्दी कृष्ण सुवेदीले २ सय ४४ मत प्राप्त गरे । द्वितिय उपाध्यक्षमा ३ सय ८ मत सहित गोपाल थापा विजयी भएका छन् । उनका प्रतिद्वनदी तारालाल धरेलले २ सय १७ मत प्राप्त गरेका छन् ।
१५ साउन/अर्थ र व्यापार– धार्मिक तथा पर्यटकीय क्षेत्र सिन्धुपाल्चोकको पाँचपोखरीमा केबलकार निर्माण गर्नको लागि पहल शुरु भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसको छिञ्जी देउरालीबाट लौरीबिनासम्म राखिने केबलकारको लम्बाइ ६.५ किमी हुनेछ । केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार गरिएको गाउँपलिकाले जनाएको छ । केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने प्रतिवेदनले जनाएको छ । पाँचपोखरी क्षेत्र समुद्री सतहबाट चार हजार १५१ मिटरको उचाइमा पर्छ ।
१३ साउन/अर्थ र व्यापार– गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ नेपाल)को यहि साउन १५ गते हुन गइरहेको निर्वाचनमा अध्यक्षको प्रत्यासी ध्रुव सिंखडा र वासुदेव पाण्डे दुवै समुहले उम्मेदवार परिचयात्मक तथा भेटघाट सहितको रात्रिभोज कार्यक्रम आयोजना गरेको छ ।