१० असार / अर्थ र व्यापार- धान दिवसको अवसर पारेर गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोभ नेपाल) र धादिङको धुनेवेशी नगरपालिकाले संयुक्त रुपमा आगामी असार १५ गते रोपाईं महोत्सव आयोजना गर्ने भएका छन । भिटोफ नेपालले यस वष धादिङको धुनेवेशी नगरपालिकामा रोपाईं महोत्सव आयोजना गरेको भिटोफ नेपालका उपाध्यक्ष तथा मिडिया संयोजक गोपाल थापाले अर्थ र व्यापारलाई वताए ।
रोपाईं महोत्सवमा सहभागी हुन १४९९ रुपैयाँ शुल्क तोकिएको र त्यसभित्र सवारी साधन, ब्रेकफास्ट, लन्च र दहि चिउरा समेतको व्यवस्था रहेको थापाले वताए । मञ्चले वर्षेनी असार १५ का दिन रोपाईं महोत्सवको आयोजवना गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया