logo

एभरेस्ट समिटियर्स समिट मे २७ मा आयोजना हुने

    866   पटक पढिएको

१३ पुष/अर्थ र व्यापार- एभरेस्ट एलायन्स नेपालले “हिमालयन इनोभेसन फर अ सस्टेनेबल फ्युचर” भन्ने मूल नारासहित एभरेस्ट समिटियर्स समिट–२०२६ आगामी मे २७ मा आयोजना गर्ने घोषणा गरेको छ ।

समिट कार्यक्रम सगरमाथा दिवसको अवसर पारेर मे २७ तारिखमा काठमाडौंमा आयोजना हुनेछ । सगरमाथा दिवस मे २९ मा मनाइन्छ । तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीद्वारा गरिएको सगरमाथाको पहिलो ऐतिहासिक आरोहणको स्मरणमा आयोजना हुने यस समिटमा नेपाल तथा विश्वभरका सगरमाथा आरोही, नीति–निर्माता, पर्वतारोहण संस्था, संरक्षण अभियन्ता, पर्यटन व्यवसायी तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

समिटमा पर्वतारोहणको इतिहास, आरोही सुरक्षा, जलवायु परिवर्तन, हिमनदी पग्लिने समस्या, फोहोर व्यवस्थापन, दिगो हिमाली पर्यटन तथा नीतिगत सुधारका विषयमा छलफल गरिने छ । यसअघि सन् २०२५ मा सम्पन्न पहिलो एभरेस्ट समिटियर्स समिटले अन्तर्राष्ट्रिय स्तरमा चर्चा पाएको थियो । उक्त सफलताका आधारमा दोस्रो संस्करणलाई अझ प्रभावकारी र दूरदर्शी बनाइने एभरेस्ट एलायन्स नेपालले जनाएको छ ।

समिट सम्बन्धि जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा एकदिने समिटमा मुख्य वक्तव्य, विशेषज्ञ प्यानल छलफल तथा नीतिगत संवादहरू समावेश हुने जानकारी दिईयो । समिटमार्फत सगरमाथालाई साझा विश्व सम्पदा मान्दै यसको संरक्षणका लागि सामूहिक पहल आवश्यक रहेको सन्देश प्रवाह गरिनेछ ।

एभरेस्ट एलायन्स नेपालले सरकारी निकाय, अन्तर्राष्ट्रिय संस्था, प्रायोजक, पर्वतारोहण महासंघ, शैक्षिक संस्था तथा सञ्चार माध्यमलाई समिट सफल बनाउन सहकार्यका लागि समेत आह्वान गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।