२३ साउन/अर्थ र व्यापार-नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी साउन २९ गते हुने निर्वाचनका लागी जिस्वा तुलाधर श्रेष्ठको नेतृत्वको प्यानल घोषणा भएको छ । समूहले शनिबार बिहान पत्रकार सम्मेलनको आयोजना गरेर आफ्नो प्यानल घोषणा गरेको हो ।
स्वा टुर्स एन्ड ट्राभलका प्रवन्ध निर्देशकसमेत रहेकी अध्यक्षका प्रत्याशी तुलाधरको समूहबाट वरिष्ठ उपाध्यक्षमा विष्णु पाण्डे (हिमालयन क्लब टुर्स एन्ड ट्राभल्स), उपाध्यक्षमा प्रज्ञा पाठक शर्मा (एडभेन्चर आउटडोर एक्स्कर्सन), महासचिवमा सुसिल पन्त (गोरखा इन्टरनेसनल ट्राभल्स), सचिवमा रमेश घिमिरे (वेल नेपाल टुर्स एन्ड ट्रेक्स), कोषाध्यक्षमा कृष्णप्रसाद ढकाल (काठमाडौं होलिडे टुर एन्ड ट्राभल) र सहकोषाध्यक्षमा डा. बिमला दाहाल (सेलेक्टेड टुर्स एन्ड ट्राभल)ले उमेदवारी घोषणाा गरेका छन् ।
त्यस्तै कार्यसमिति सदस्यहरूमा प्रदीप आचार्य (ड्यूक नेपाल एडभेन्चर), सुदर्शन गजुरेल (पर्ल होलिडेज), दिनेश घिमिरे (शिवालय होलिडेज), त्रिलोचन न्यौपाने (इन्टेल रोशी टुर्स एन्ड ट्राभल),अनु राउत अधिकारी (नेपाल स्नो ज्वेल ट्राभल एन्ड टुरिजम) र रोजिना रञ्जितकार (रेन्बो ट्राभल्स एन्ड टुर्स)ले उमेदवारी घोषणा गरेकी छन् ।
तुलाधारको प्यानलले उमेदवारी घोषणासँगै निर्वाचन प्रतिबद्धतासमेत सार्वजनिक गरेको छ । उनको नेतृत्वले पर्यटन व्यवसायिको हकहितमा काम गर्ने गरी विभिन्न १२ बुँदै प्रतिवद्धतासमेत सार्वजनिक गरेको छ ।
तपाईको प्रतिक्रिया