logo

पर्यटकका लागि हिमालयन गार्डियनले सुरु गर्याे नेपालमै पर्यटन बिमा

    993   पटक पढिएको

८असोज/अर्थ र व्यापार- हिमालयन गार्डियन नेपाल प्रा.लि.ले विदेशी पर्यटकका लागि नेपालमै उपलब्ध हुने विश्वकै सस्तो बिमा योजना सार्वजनिक गरेको छ । यसले नेपालको पर्यटन सुरक्षामा नयाँ अध्याय सुरु गराएको कम्पनीले जनाएको छ । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मीको पहलमा स्थापना भएको हिमालयन गार्डियनले विदेशी पर्यटकका लागि नेपालमै उपलब्ध हुने विश्वकै सस्तो बिमा योजना सार्वजनिक गरेको हो ।

यो योजना विशेषगरी सांस्कृतिक भ्रमण, साहसिक पदयात्रा र हिमाल आरोहणमा संलग्न हुने पर्यटकलाई लक्षित गरिएको छ । परम्परागत रूपमा यात्रुहरूले आफ्नै मुलुकमा महँगो बिमा लिनुपर्ने बाध्यता रहेकामा यस कम्पनीले नेपालमै सजिलो, सस्तो र प्रविधिसम्पन्न बिमा सेवा उपलब्ध गराएको जनाएको छ ।

कम्पनीले पर्यटकको आवश्यकता अनुसार तीन तहका बिमा योजना ल्याएको छ । सांस्कृतिक भ्रमण र अवकाश यात्रा (३ हजार ५ सय मिटरसम्म) १४ दिनका लागि प्रतिव्यक्ति १६ अमेरिकी डलरको छ । पदयात्रा (५,५ सय मिटरसम्म) १४ दिनको बिमा प्रतिव्यक्ति १ सय ५० अमेरिकी डलर र हिमाल आरोहण (६ हजार मिटरसम्म) ६० दिनसम्म मान्य बिमा प्रतिव्यक्ति पाँच सय अमेरिकी डलरको छ । यी बिमा योजना नेपालका दर्ता भएका ट्रेकिङ तथा पर्यटन एजेन्सीमार्फत मात्र खरिद गर्न सकिनेछ । सरकारले पदयात्रा र आरोहण गतिविधिमा दर्ता गाइड र एजेन्सी अनिवार्य गरेको भएकाले यात्रुहरूले आफ्ना एजेन्सीमार्फत बिमा सहजै लिन सक्ने व्यवस्था मिलाइएको छ । एजेन्सीहरूले अग्रिम भुक्तानी गर्नुपर्ने भएकाले बिमा शुल्कमा १०–१५ प्रतिशत सेवा शुल्क थप हुन सक्ने बताइएको छ ।

प्रत्येक बिमासँगै स्याटेलाइट–जडित विशेष उपकरण उपलब्ध गराइनेछ, जसमा एसओएस बटन राखिएको छ । आपत्कालीन अवस्थामा यात्रुले बटन थिच्ने बित्तिकै बिमा कम्पनीको प्लेटफर्ममार्फत नेपालका बिमा कम्पनी, उद्धार सेवाप्रदायक र चिकित्सकहरूसँग प्रत्यक्ष सम्पर्क हुन्छ । यो प्रणालीमार्फत हेलिकोप्टर, शेर्पा वा चिकित्सक तुरुन्तै पीडितको ठ्याक्कै स्थानमा पुग्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

पर्यटन क्षेत्रमा पछिल्ला वर्षमा बढ्दो समस्या बनेको नक्कली उद्धार र अस्पतालमा हुने अत्यधिक बिलिङ जस्ता अभ्यासलाई यस बिमा प्रणालीले अन्त्य गर्ने विश्वास लिइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।