logo

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

    2837   पटक पढिएको


२९ भदौ/अर्थ र व्यापार – कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।
नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा रहेको हलको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बरिष्ठ कलाकार हरिवंश आचार्यले उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा ढकालले आर्थिक मन्दीको बेला हल खोल्ने हिम्मत गरेको बताउँदै टिमलाई बधाई दिँदै खुसी व्यक्त गरेका थिए।

दीपकदीपाकै फिल्म ‘छक्का पञ्जा ४’ स्क्रिनिङसँगै हल औपचारिक रुपमा संचालनमा आएको हो । हलमा शुक्रबारबाट नियमित शो अन्तर्गत ‘एक भगवात र एक गीता’, ‘नाङ्गो गाउँ’, ‘जवान’ र ‘द नन २’ प्रदर्शन भएका छन्।
एनबी (बानेश्वर) सेन्टरको पाँचौ÷छैटौं तलामा रहेको हल निर्माण गर्न १० करोड रुपैयाँ लगानी लागेको दीपकराज गिरीले बताए। उनले भने, ‘यो हाम्रो पहिलो व्यवसाय हो। भनिन्छ व्यवसाय मस्तिष्कले खोल्नुपर्छ। तर, मैले कहिले पनि मस्तिष्कले निर्णय गरिन्। खाली मनले मात्रै गरे। यो पनि मैले मनले निर्णय गरेको व्यवसाय हो।’

दीपकले आफूले राम्रा नेपाली सिनेमालाई सधैँ प्राथमिकतामा राख्ने बताउँदै आफ्नो हलमा प्रदर्शन हुने नेपाली फिल्मबाट निर्माताले ५० प्रतिशत रकम पाउने समेत घोषणासमेत गरे।
स्क्रिनप्ले फिल्मिसको लगानी र आईएनआई सिनेमाको फ्रेन्चाइज अन्तर्गत सञ्चालित हलमा दुईवटा अडिटोरियम छन्।

दुबै हलको ३८७ जना अट्ने सिट क्षमता रहेको छ। उद्घाटन कार्यक्रममा उपस्थित हरिवंश आचार्यले आफूहरुले नगरेको काम दीपक दीपाले गरेको भन्दै खुसी व्यक्त गरे। ‘हामीले गर्न नसकेको काम उहाँहरुले गर्नुभएको छ। फिल्मबाट पैसा कमाएर यसरी हल खोल्ने उहाँहरु पहिलो कलाकार हुनुहुन्छ। यो कुरामा निकै खुसी लागेको छ,’ उनले भने। यो हलले राम्रो आम्दानी गर्ने अपेक्षा गरिएको दीपाले बताइन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।