logo

प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना हुने 

    2106   पटक पढिएको


९ कात्तिक / अर्थ र व्यापार – विरगंज ९– पिसि मिडिया प्रालिद्वारा सञ्चालित तथा वीरगंजबाट प्रसारित रेडियो सान्भीले आगामी २२ कात्तिकमा ‘प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८’ आयोजना गर्ने भएको छ । 
नेपाल पत्रकार महासंघको सभाकक्षमा पत्रकार सम्मेलन आयोजना गर्दै रेडियो सान्भीले आगामी २२ कात्तिकमा प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने जनाएको हो । गीत, संगीतको क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरीरहेका स्थानीय कलाकारलाई प्रोत्साहन गर्ने उदेश्यले रेडियो सान्भीले सान्भी म्युजिक अवार्ड कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक एंव रेडियो सान्भीका समाचार प्रमुख  दिपक गौतमले पत्रकार सम्मेलनमा बताए । पत्रकार सम्मेलनमा उपस्थित स्थानीय कलाकार अजमत अलिले यस्ता कार्यक्रम आयोजना गरिनुले सबै कलाप्रेमीहरुलाई उत्साहित बनाएको बताउदै निरन्तरताको आग्रह समेत गरे ।  यस्तैगरी, स्थानीय क्षेत्रमा प्रसिद्ध कलाकार सुनिल पण्डितले अवार्ड कार्यक्रमले कलाकारहरुमा उर्जा थप्ने धारणा राखेका थिए । 
नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले रेडियो , गीत संगीत र कलाकार एकआपसमा जोडिएकाले रेडियो सान्भीले गीत, संगीतका क्षेत्रमा क्रियाशिल कलाकारलाई सम्मानित गर्ने उदेश्यले आयोजना गर्न लागेको कार्यक्रमको सफलताको कामना गरे ।  चलचित्र पत्रकारसंघ पर्साकी अध्यक्ष निलिमा पौडेलले अन्य जिल्लामा रहेका रेडियोहरुले जस्तै वीरगंजमा रेडियो सान्भीले पहिलो पटक म्युजिक अवार्ड गर्न थालेको बताउदै आफूहरुले सक्दो सहयोग र साथ दिने प्रतिबद्धता जनाए । 
पत्रकार सम्मेलनमा चलचित्र पत्रकार संघ पर्साले म्युजिक अवार्डमा प्राबिधिक सहयोग गर्ने भनी रेडियो सान्भीका बिच गरेको सम्झौता आदानप्रदान गरिएको थियो । रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादव र चलचित्र पत्रकार संघ पर्साकी अध्यक्ष निलिमा पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन ।  कोरोना भाइरसको महामारीमा पनि विभिन्न संघ संस्थाहरुलाई सेनेटाइजर, मास्कसहितका स्वास्थ्य सामाग्री वितरणदेखि खाद्यान्न सामाग्री समेत वितरण गरेर रेडियोले सामाजिक कार्यमा पनि अग्रसरता देखाउँदै आएको छ ।  स्थानीय स्तरका कलाकारहरुलाई हौसला र प्रोत्साहन गर्ने र यहाँको कलालाई देशैभर स्थापित गर्न सघाउने अभिप्रायले प्रथम रेडियो सान्भी म्युजिक अवार्ड २०७८ आयोजना गर्ने हामीले निर्णय गरेको रेडियो सान्भीका स्टेशन म्यानेजर सतेन्द्र यादवले बताए । 
उनले गीत, संगीतको क्षेत्रमा भविष्य खोज्दै संघर्ष गरिरहेका यहाँकै स्थानीय कलाकारहरुको प्रोत्साहन स्वरुप आयोजना गर्न लागिएको म्युजिक अवार्डले कला प्रतिभाको सम्मान हुने बताए ।  पत्रकार सम्मेलनको सहजीकरण सूर्य विश्वकर्माले गरेका थिए  भने रेडियो सान्भीका कार्यक्रम संयोजक मुकलेश गद्दीले यस अवार्डलाई सफल पार्नका लागि सबैलाई आआप्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे । सो कार्यक्रममा सांगीतिक क्षेत्रमा सुनौलो भविष्य खोजीरहेका स्थानीय स्तरका कलाकारहरुको कामको मुल्यांकन गर्दै विभिन्न १० विधामा उत्कृष्ट कलाकारहरुलाई सम्मानित गरिने आयोजक संस्थाले जनाएको छ । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।