logo

चन्द्रागिरि हिल्सको आइपीओमा आवेदन दिने सबैले केबलकारमा २५ प्रतिशत छुट पाउने

    1701   पटक पढिएको

२ माघ/अर्थ र व्यापार– चन्द्रागिरि हिल्सले कम्पनीको आइपीओमा आवेदन दिने सबैलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने भएको छ ।

कम्पनीको बिहीबार भएको ११औं वार्षिक साधारणसभामा कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइपीओमा उल्लेखनीय सहभागिताप्रति धन्यवाद दिँदै सबै आवेदकलाई चन्द्रागिरि केवलकारमा २५ प्रतिशत छुट दिने बताएको हो ।

अध्यक्ष ढकालले आइपीओमा उल्लेखनीय सहभागितालाई कम्पनीप्रतिको अगाध आस्था भएको बताए । कम्पनीको आइपीओमा १२ लाख ५६ हजार ७ सय ४६ आवेदक छन् ।

सबैलाई सेयर पर्ने सम्भावना रहँदैन, त्यही भएर सबै आवेदकलाई सम्मान गर्दै यो छुट दिन लागिएको ढकालले बताए ।

केबलकार यात्रामा छुट पाउन सेयर भर्दाको कुनै न कुनै प्रमाण भने टिकट काउन्टरमा देखाउनु पर्नेछ । 
यो छुट माघ ६ गतेदेखि एक वर्षसम्म लागु हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भएका छन् ।

तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु, परिणाम आजै

नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ ।

प्रधानमन्त्री दाहालले गरे मन्त्रिमण्डल विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वमा गठित मन्त्रिमण्डल विस्तार भएको छ ।

चालक दलका सदस्य सहित ७२ जना सवार यतीको विमान पोखरामा दुर्घटना ,उद्धार कार्य जारि

काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सहित पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ विमान आइतबार बिहान पोखरामा दुरघटनाग्रस्त भएको छ ।

मनोरञ्जन

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।

कक्षा १२ उत्तिर्ण गरिन करिश्मा मानन्धरले

नायिका करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ‘बी प्लस’ ग्रेडसहित १२ कक्षा उत्तिर्ण गरेकी हुन् । यस्तो रिजल्ट आएपछि नायिका मानन्धरले आफुले सोचेअनुसारकै नतिजा आएको बताएकी छिन् । उनका अनुसार दुईवटा विषयमा ए प्लस आएको छ भने समग्रमा बी प्लस आएर १२ कक्षा पास भएको छ ।