२७ साउन/अर्थ र व्यापार- आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे समुहवाट सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।
पाण्डे समुह नाट्टा रुपान्तरणका ११ संकल्प सहित निर्वाचनमा होमिएको छ । पाण्डे समुहका सह–कोषाध्यक्ष पदका उमेदवार कोईराला विगत बीस वर्षदेखि पर्यटन तथा हवाई सेवा क्षेत्रमा सक्रिय छन । उनले ४० भन्दा बढी देश भ्रमण गर्दै विश्वका सफल पर्यटन प्रणाली, व्यवस्थापन, प्रविधि र संस्थागत अभ्यासलाई नजिकबाट बुज्ने अवसर पाएका छन । उनले आफ्नो अन्तर्राष्ट्रिय अनुभव, व्यवसायिक ज्ञान र इमानदार कार्यशैलीलाई नाट्टाको रुपान्तरण तथा सम्पूर्ण सदस्यहरुको हितमा प्रयोग गर्ने दृढ संकल्पका साथ सह–कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको बताए ।
उनले संस्थाको पारदर्शी,उत्तरदायी र विश्वासिलो आर्थिक व्यवस्थापनमा सक्रिय भुमिका खेल्ने,पर्यटन तथा हवाई सेवा क्षेत्रका वास्तविक समस्या समाधानका लागी सशक्त पहल गर्ने, टिकेटिङ, ट्राभल ट्रेड, एयरलाईन्स र सम्बन्धित निकायविच समन्वय वढाउने लगायतका प्रतिवद्धता अगाडी सारेका छन ।
त्यसैगरी डिजिटल, आधुनिक र छरितो नाट्टा निर्माणमा जोड दिने,युवा पर्यटन व्यवसायीलाई नेतृत्व र क्षमता विकासमा अवसर सिर्जना गर्ने, अन्तर्राष्ट्रिय अनुभवलाई नेपालको पर्यटन विकासमा उपयोग गर्ने तथा संस्थाभित्र सुशासन, पारदर्शिता र जवाफदेहिता को संस्कृतिलाई बलियो बनाउने एजेण्डा प्रस्तुत गरेका छन ।
तपाईको प्रतिक्रिया