९ चैत/अर्थ र व्यापार- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत तर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
स्टक ब्रोकर एसोसिएसनको कार्यसमिति बैठकले सर्वसम्मति रूपमा अध्यक्ष ढकाललाई केन्द्रीय सदस्यमा उम्मेदवार बनाउने निर्णय गरेको हो । एसोसिएसनको कार्यसमिति बैठकले अध्यक्ष ढकाललाई केन्द्रीय सदस्य बनाउन आफूहरुले उल्लेखनीय भूमिका खेल्ने समेत जानकारी दिएको छ ।
नेपालको पुँजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध रहेको र अबको अर्थतन्त्रको मेरुदण्डको रुपमा पुँजी बजारलाई सशक्त रुपमा अघि बढाउने उद्देश्य अनुरुप स्टक ब्रोकर एसोसिएसको तर्फबाट आफूले महासंघको केन्द्रीय कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएको अध्यक्ष ढकालले वताए । “अहिले पुँजी बजारमा ७२ लाख भन्दा बढी लगानीकर्ताहरू आबद्ध छन् भने पुजीबजारको मार्केट क्याप करिब ५० खर्बको हाराहारीमा छ”–उनले भने । समग्र लगानीकर्ता र नेपालको पुँजी बजारलाई मुख्य रूपमा अघि बढाउनकै लागि आफुले महासंघको आसन्न निर्वाचनमा संस्थाको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको ढकालले वताए ।
करिब दुई वर्षदेखि नेपालको पुँजी बजारमा आबद्ध ढकाल पँुजीबजारका साथै जलविद्युत, होटल, पर्यटन, कृषि लगायतका क्षेत्रमा आबद्ध छन् । आफू महासंघको केन्द्रीय कार्यसमितिमा गएर नेपालका उद्योगी व्यवसायीको समस्या समाधानका लागि सरकारसँग नीतिगत लबिङमा लाग्ने समेत उनले वताए । जेन्जी आन्दोलनपछि दुई तिहाइको नयाँ सरकार बन्ने क्रममा रहेको र अब बन्ने सरकारलाई व्यवसायीका समस्या समाधान गरी माग सम्बोधन गराउनका लागि पनि आफुले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको ढकालले वताए ।
तपाईको प्रतिक्रिया