उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लाभ र लागत विश्लेषणका आधारमा अर्थतन्त्रमा यथोचित प्रतिफल दिनसक्ने आयोजनामा लगानी विस्तार गर्ने रणनीति रहेको बताएका छन् ।
अर्थ मन्त्रालयले शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ ऋण दिने भएको छ । अर्थ मन्त्रालयबाट सो रकम बराबरको ऋण लिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई अर्थले सहमति दिएको हो ।
सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेकामा ७७ प्रस्ताव परेका छन् । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले गत मंगलबार सूचना जारी गर्दै स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गर्न आह्वान गरेको थियो ।
वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा २ अर्ब ६५ करोड ६६ लाख ८ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात गरेको छ। वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको
केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट नियन्त्रण र करमैत्री सेवा विस्तार गरी चालु आर्थिक वर्षको राजस्व संकलनको लक्ष्य पूरा गर्ने निर्णय गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा गृहमन्त्री रमेश लेखकसहित राजस्व संकलनमा महत्वपूर्ण भूमिका रहेका विभिन्न निकायका प्रमुखहरुको अर्थ मन्त्रालयमा बसेको समितिको बैठकले
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दुई वर्षभित्र मुलुकको पहिचान झल्किने गरी अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विकास,आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै भण्डारीले मुलुकको उद्योग,व्यापार,वैदेशिक अनुदान,रोजगारी सिर्जना र अन्य नीतिहरूमा समेत काम गरिरहेको बताएका हुन् ।
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असल व्यावासायी बनेर काम गरे सहयोग गर्ने बताएका छन् । नाडा अटो शोको उद्घाटन समारोहमा उनले अफ्ठ्यारो भने सरकार व्यासायीको साथमा रहेको बताएका हुन्।
चेक अनादर (चेक बाउन्स) गर्नेलाई २ वर्ष कैद सजाय हुनेगरी कानुनी व्यवस्था भइरहेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।
बजारमा खपत बढ्न थालेपछि कुखुराको मासुको मूल्य वृद्धि भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले शुक्रबारदेखि लागू हुने जिउँदो कुखुराको मूल्य बढाएपछि कुखुराको मासुको मुल्य फेरी महंगिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।
उद्योगी व्यवसायीहरुले आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति चाहिनेमा सरकारले झन् निरुत्साहित गर्न खोजेको भन्दै लगानी खुम्चिएर अर्थतन्त्र थप समस्यामा पर्ने चेतावनी दिएका छन्। नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोड (सेबोन) ले छिट्टै नेतृत्व पाउने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपानले) आयोजना गरेको अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताएका छन् ।
एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो ।
एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
अर्थ मन्त्रालयले १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन् ।
बजारमा असुरक्षित ग्यास सिलिण्डर पठाउने उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले ग्यास भर्न रोक लगाएको छ । विभागले आफ्नो अनुगमनका क्रममा सिलिण्डरमा कैफियत देखिएपछि सगरमाथा ग्यास उद्योगलाई ग्यास भर्न रोक लगाएको हो।
ग्यास उद्योगीले कुचिएका र म्याद गुज्रिएका सिलिण्डर बजारमा नपठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आयल निगमले मंगलबार बोलाएको बिक्रेतासहितको छलफलमा उद्योगीले असुरक्षित सिलिण्डर बजारमा नपठाउने प्रतिबद्धता जनाएका हुन्।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
काठमाडौं उपत्यकामा बिक्री हुने खाने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) २० लिटरका जारको पानीमा ४७ रुपैयाँ र १ लिटरका बोतलमा १६ रुपैयाँ भन्दा बढी लिन नपाइँने भएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुले व्यवसाय वृद्धि गरेका छन्। अर्थतन्त्रमा देखिएको शिथिलताका बाबजुत कम्पनीहरुले बीमा प्रिमियम आर्जन बढाएका हुन।
मंगलबार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । यो हालसम्म कै उच्च हो ।
बैंक तथा वित्तीय संस्थाको कर्जा खरिद बिक्री सम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले केही लचिलो नीति लिएको छ । बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै राष्ट्र बैंकले कर्जा खरिद बिक्री गर्दा उठाउन नसकेको कर्जा आफैंले खरिद गर्ने सर्तमा बिक्री गरेको कर्जाको जोखिम भार घटाएको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयज गर्नका लागि बैंक तथा वित्तीय संस्थाका ालगि परिपत्र जारी गरेको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै विभिन्न नयाँ व्यवस्थाहरु लागु गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले एक वर्षभन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.१० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने व्यवस्था गरेको छ
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य घटाएको छ । निगम सञ्चालक समितिले बिहीबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।