६ असोज/अर्थ र व्यापार – अर्थमन्त्री रामेश्वर खनालले अर्थ मन्त्रालय अन्तर्गतका कार्यालयबाट सेवा प्रवाहमा ढिलासुस्ती भए त्यसको जानकारी आफूलाई गराउन आग्रह गरेका छन् ।
उनले काममा ढिलासुस्ती वा कुनै मोलाहिजा भएको अवस्थामा आफूलाई जानकारी गराउन भनेका हुन् । यसका लागि उनले आफ्नो इमेल ठेगाना दिएका छन् । मन्त्रालय अन्तर्गतका नियामक निकाय, विभाग, कार्यालय र बैंक तथा वित्तीय संस्थाका कर्मचारीले काम नगरेमा, अनुचित कामका लागि दबाब दिएमा वा घूस मागेमा इमेल तथा हटलाइनमार्फत अर्थमन्त्रीलाई गुनासो गर्न पाइने छ ।
अर्थ मन्त्रालयले सेवा प्रवाहसम्बन्धी कुनै गुनासो भए [email protected], [email protected] र टोल फ्रि नम्बर १८१०५०००४१० मा गुनासो टिपाउन सकिने जनाएको छ ।
तपाईको प्रतिक्रिया