२९ असोज/अर्थ र व्यापार – अब घरजग्गा कारोबार गर्नकालागि अनिवार्य रूपमा ३ करोड रूपैयाँ भन्दा माथिको कम्पनी हुनुपर्ने भएको छ । सरकारले कम्पनीमार्फत गर्नुपर्ने घरजग्गा कारोबारका लागि नयाँ सीमा तोकेको हो ।
जेन्जी आन्दोलनपछि गठन भएको प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले अब ३ करोड रूपैयाँ भन्दामाथिको घरजग्गा कारोबार गर्नका लागि अनिवार्य रियलस्टेट कम्पनी दर्ता गर्नुपर्ने नयाँ मापदन्ड तोकेको छ । जसकालागि कम्पनी दर्ता भएपछि क्षेत्रफल जतिसुकै हुने व्यवस्थासहित यस्तो सीमा निर्धारण गरेको छ ।
मालपोत ऐनको दफा २६ क र खको व्यवस्था कार्यान्वयनका लागि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै ३ करोड रूपैयाँसम्मको घरजग्गा किनबेचका लागि भने कम्पनी दर्ता गर्नु नपर्ने व्यवस्था गरेको छ ।
मालपोत ऐनमा तोकिएको क्षेत्रफल वा तोकिएको रकमको सीमाभन्दा बढीको घरजग्गा कारोबार कम्पनी दर्ता गरेर गर्नुपर्ने व्यवस्था छ । सो ऐनले जग्गाको क्षेत्रफल वा सीमाबारे नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर तोकिने भएको छ ।
सरकारले गरेको यस्तो नयाँ व्यवस्थासँगै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले घरजग्गा कारोबारलाई सहज बनाउन लागेको हो । यो नियम कार्यान्वयनमा लगाउन सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार १ पटकमा ३ करोड रूपैयाँसम्मको घरजग्गा किनबेचका लागि कम्पनी आवश्यक नपर्ने भएको छ । तर, एक पटकमा ३ करोड रूपैयाँ भन्दा बढीको घरजग्गा कारोबार गर्न अनिवार्य कम्पनी दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।
तपाईको प्रतिक्रिया