logo

अब घरजग्गा कारोबार गर्न ३ करोडमाथिको कम्पनी अनिवार्य

    881   पटक पढिएको


२९ असोज/अर्थ र व्यापार – अब घरजग्गा कारोबार गर्नकालागि अनिवार्य रूपमा ३ करोड रूपैयाँ भन्दा माथिको कम्पनी हुनुपर्ने भएको छ । सरकारले कम्पनीमार्फत गर्नुपर्ने घरजग्गा कारोबारका लागि नयाँ सीमा तोकेको हो ।
जेन्जी आन्दोलनपछि गठन भएको प्रधानमन्त्री शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले अब ३ करोड रूपैयाँ भन्दामाथिको घरजग्गा कारोबार गर्नका लागि अनिवार्य रियलस्टेट कम्पनी दर्ता गर्नुपर्ने नयाँ मापदन्ड तोकेको छ । जसकालागि कम्पनी दर्ता भएपछि क्षेत्रफल जतिसुकै हुने व्यवस्थासहित यस्तो सीमा निर्धारण गरेको छ ।
मालपोत ऐनको दफा २६ क र खको व्यवस्था कार्यान्वयनका लागि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै ३ करोड रूपैयाँसम्मको घरजग्गा किनबेचका लागि भने कम्पनी दर्ता गर्नु नपर्ने व्यवस्था गरेको छ ।
मालपोत ऐनमा तोकिएको क्षेत्रफल वा तोकिएको रकमको सीमाभन्दा बढीको घरजग्गा कारोबार कम्पनी दर्ता गरेर गर्नुपर्ने व्यवस्था छ । सो ऐनले जग्गाको क्षेत्रफल वा सीमाबारे नेपाल राजपत्रमा सूचना प्रकाशन गरेर तोकिने भएको छ ।
सरकारले गरेको यस्तो नयाँ व्यवस्थासँगै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले घरजग्गा कारोबारलाई सहज बनाउन लागेको हो । यो नियम कार्यान्वयनमा लगाउन सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार १ पटकमा ३ करोड रूपैयाँसम्मको घरजग्गा किनबेचका लागि कम्पनी आवश्यक नपर्ने भएको छ । तर, एक पटकमा ३ करोड रूपैयाँ भन्दा बढीको घरजग्गा कारोबार गर्न अनिवार्य कम्पनी दर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।