logo

चालु आवको पहिलो तीन महिनामा ५ खर्ब ४० अर्बको वैदेशिक व्यापार

    272   पटक पढिएको


९ कात्तिक/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास गत साउन देखि असोजसम्ममा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा यस बर्ष २६ दशमलब ०४ प्रतिशतले धेरै वैदेशिक व्यापार भएको हो । गत आर्थिक वर्ष २०८१/८२ को असोजसम्ममा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रूपैयाँको वैदेशिक व्यापार गरेको थियो ।
भन्सार विभागका अनुसार असोज मसान्तसम्ममा ४ खर्ब ६८ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको तुलनामा १९ दशमलब ७९ प्रतिशतले बढी हो । यसैगरी, निर्यात व्यापार ७२ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ । यो पनि गत वर्षको सोही अवधिको ३८ अर्ब ३७ करोड रुपैयाँको तुलनामा ८९ दशमलब ६४ प्रतिशतले बढी हो । आयात–निर्यात दुबै बढे पनि निर्यातमा आएको तीव्र वृद्धि कारण व्यापार घाटाको वृद्धिदर केही घटेको छ । असोजसम्म व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको छ । सो रकम अघिल्लो वर्षको तुलनामा १२ दशमलब १८ प्रतिशतले बढी हो ।
भन्सार विभागको तथ्यांकलाई आधार मान्दा अन्तर्राष्ट्रिय व्यापारमा आयातको हिस्सा ४ दशमलब ९६ प्रतिशतले घटेर ८६ दशमलब ५४ प्रतिशतमा सीमित भएको छ । यसैगरी, निर्यातको हिस्सा ५० दशमलब ४७ प्रतिशतले बढेर १३ दशमलब ४६ प्रतिशत पुगेको छ । असोज महिनामा मात्र १ खर्ब ६३ अर्बको आयात र २५ अर्बको निर्यात भएको छ ।
नेपालमा सामान्यतया कुल निर्यातले पेट्रोलियम पदार्थको आयात समेत धान्न नसक्ने अवस्था रहँदै आएको विभागले जनाएको छ । तर, यस वर्षको पहिलो तीन महिनामा भने निर्यातले पेट्रोलियम आयातलाई ओभरटेक गरेको छ । असोजसम्म पेट्रोलियम पदार्थ आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । निर्यात ७२ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।