logo

चालु आवको पहिलो तीन महिनामा ५ खर्ब ४० अर्बको वैदेशिक व्यापार

    941   पटक पढिएको


९ कात्तिक/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास गत साउन देखि असोजसम्ममा नेपालले ५ खर्ब ४० अर्ब ८६ करोड रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आवको सोही अवधिको तुलनामा यस बर्ष २६ दशमलब ०४ प्रतिशतले धेरै वैदेशिक व्यापार भएको हो । गत आर्थिक वर्ष २०८१/८२ को असोजसम्ममा नेपालले कुल ४ खर्ब २९ अर्ब १३ करोड रूपैयाँको वैदेशिक व्यापार गरेको थियो ।
भन्सार विभागका अनुसार असोज मसान्तसम्ममा ४ खर्ब ६८ अर्ब रूपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आवको तुलनामा १९ दशमलब ७९ प्रतिशतले बढी हो । यसैगरी, निर्यात व्यापार ७२ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ । यो पनि गत वर्षको सोही अवधिको ३८ अर्ब ३७ करोड रुपैयाँको तुलनामा ८९ दशमलब ६४ प्रतिशतले बढी हो । आयात–निर्यात दुबै बढे पनि निर्यातमा आएको तीव्र वृद्धि कारण व्यापार घाटाको वृद्धिदर केही घटेको छ । असोजसम्म व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबर रहेको छ । सो रकम अघिल्लो वर्षको तुलनामा १२ दशमलब १८ प्रतिशतले बढी हो ।
भन्सार विभागको तथ्यांकलाई आधार मान्दा अन्तर्राष्ट्रिय व्यापारमा आयातको हिस्सा ४ दशमलब ९६ प्रतिशतले घटेर ८६ दशमलब ५४ प्रतिशतमा सीमित भएको छ । यसैगरी, निर्यातको हिस्सा ५० दशमलब ४७ प्रतिशतले बढेर १३ दशमलब ४६ प्रतिशत पुगेको छ । असोज महिनामा मात्र १ खर्ब ६३ अर्बको आयात र २५ अर्बको निर्यात भएको छ ।
नेपालमा सामान्यतया कुल निर्यातले पेट्रोलियम पदार्थको आयात समेत धान्न नसक्ने अवस्था रहँदै आएको विभागले जनाएको छ । तर, यस वर्षको पहिलो तीन महिनामा भने निर्यातले पेट्रोलियम आयातलाई ओभरटेक गरेको छ । असोजसम्म पेट्रोलियम पदार्थ आयातमा ६६ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको छ । निर्यात ७२ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।