logo

सरकारले ६ महिनामा दियो ५३ अर्ब ४० करोड कर छुट

    685   पटक पढिएको


४ फागुन/अर्थ र व्यापार – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ५३ अर्ब ४० करोड रुपैयाँ बराबर कर छुट दिएको छ । अर्थ मन्त्रालयका अनुसार यस अवधिमा आर्थिक ऐनले दिएको कर राजस्व छुटमार्फत कुल ५५ करोड ५७ लाख राजस्व छुट भएको छ ।
यस अवधिसम्म वस्तु आयातमा कुल ५२ अर्ब ५४ करोड बराबर राजस्व छुट दिइएको छ । यसैगरी, मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा ५ (३) तथा अनुसूची १ अनुसार मूल्य अभिवृद्धि कर छुट हुने वस्तु पैठारीमा कुल २९ अर्ब ७० करोड ३३ लाख रुपैयाँ बराबर छुट दिइएको छ ।
भन्सार ऐन २०६४ को दफा ९ अनुसार कूटनीतिक सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा यस अवधिमा ४८ करोड २९ लाख बराबर राजस्व छुट दिइएको छ । सोही दफाको महसुल सुविधा अन्तर्गत पैठारी भएका वस्तुमा ४ करोड २१ लाख बराबर छुट दिइएको अर्थ मन्त्रालयले जनाएको छ ।
आर्थिक ऐन २०८२ को दफा १८ (२) अनुसार मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र नेपाल सरकारको स्वामित्व भएका संस्थाले आयात गरेका मालवस्तुमा ९५ करोड ५ लाख रुपैयाँ बराबर छुट दिइएको छ ।
आर्थिक ऐन २०८२ को दफा १८ (३) अनुसार नेपाल सरकार वा लगानी बोर्डसँग भएको आयोजना विकास सम्झौता बमोजिम परियोजना विकासका लागि आयोजना वा आयोजनाले नियुक्त गरेका ठेकेदारका नाममा पैठारी भएका मालवस्तुमा १ अर्ब ४९ करोड ७८ लाख छुट दिइएको छ ।
भन्सार महसुल ऐन २०८२ को दफा ११ अनुसार साफ्टा सुविधा अन्तर्गत पैठारी भएका मालवस्तुमा दिइएको छुट रकम २ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ बराबर छ । भन्सार महसुल ऐनका विभिन्न दफा अन्तर्गत दिइएका छुट रकम १७ अर्ब ४० करोड ३३ लाख छ ।
उता, आर्थिक ऐन २०८२ अन्तर्गत कुल ३ हजार ४ सय ७७ करदाताले ५५ करोड ५७ लाख बराबर छुट पाएका छन् । जसमा सोही ऐनको दफा २७ को उपदफा १, २, दफा २५ को उपदफा १ र २, दफा २४ को उपदफा १ बमोजिम कर छुट दिइएको अर्थ मन्त्रालयको विवरणमा उल्लेख छ ।
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को ६ महिनामा ५३ अर्ब ४० करोड रुपैयाँ बराबर कर छुट दिएको छ । अर्थ मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि कर छुटमा २९ अर्ब ७० करोड ३३ लाख र भन्सार ऐन अनुसार ४८ करोड २९ लाख छुट दिइएको छ । तीन हजार ४ सय ७७ करदाताले आर्थिक ऐन २०८२ अन्तर्गत ५५ करोड ५७ लाख रुपैयाँ बराबर कर छुट पाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।