नेपाल विद्युत प्राधिकरणले आफ्नो वर्तमान अवस्था झल्काउने विवरणसहित श्वेतपत्र सार्वजनिक गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सञ्चालक समिति बैठकले स्वीकृत गरेको चौंथो दिनमा श्वेतपत्र सार्वजनिक गरेका हुन्। श्वेतपत्रमा प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको देखाइएको छ ।
नेपाल विद्युत् प्राधिकरणले आफू साढे ४६ अर्ब सञ्चित नाफाको अवस्थामा रहेको हिसाबसहित श्वेतपत्र तयार गरेको छ । प्राधिकरणका सञ्चालक समितिका अध्यक्षसमेत रहेका ऊर्जामन्त्री दीपक खड्काले यसअघिका कार्यकारि निर्देशक कुलमान घिसिङमाथि काजगी नाफा देखाएको आरोप लगाउँदै आएपनि
नेपाल र भारतबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यसहित दुईवटा ४०० केभी क्षमताका अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सरकारले ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुईवर्ष समय थप गर्ने भएको छ । विद्युत् विकास विभागले विद्युत् आयोजनाको अनुमतिपत्रसम्बन्धी निर्देशिका– २०७५ लाई संशोधन गरी ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि दुई वर्ष समय थप गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा वार्ता भएको छ ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा हालसम्म करिब १७ करोड रुपैयाँ बराबरको सामुदायिक सहयोग गरेको छ । रसुवामा निर्माणाधीन यो आयोजना २ सय १६ मेगावाट क्षमताको हो।
बंगलादेशको ढाकास्थित नेपाली राजदूतावासले आयोजना गरेको ‘नेपाल र बंगलादेशबीचको व्यापार र लगानी सम्बन्ध’ विषयक कार्यशालामा बंगलादेशको लगानीकताएलाई नेपालको उर्जा उत्पादनमा पूँजी परिचालन गर्न आग्रह गरिएको छ ।
पाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख बराबरको नाफा कमाएको छ । यो करकट्टी गर्नुअघिको नाफा हो ।
एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँस्थित सेती नदीमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत निर्माण हुन लागेका जलविद्युत् आयोजनामा विपन्न वर्गको सेयर सुनिश्चित गर्न पहल थालेका छन् ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा सुरु भएका तीन वटा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।
हाइड्रो इलेक्ट्रिसिटी एन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले जलविद्युत् आयोजनामा करिब ५४ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता गरेको छ ।
नेपालले शुक्रबारदेखि बंगलादेशमा बिजुली निर्यात सुरु गरेको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले अनुमति दिएसँगै भारतको बाटो हुँदै नेपालको बिजुली बंगलादेश निर्यात हुन थालेको हो ।
नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई आगामी १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै आगामी १२ मंसिरभित्र बक्यौता तिर्न १५ दिने अल्टिमेटम दिएको हो ।
उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । सोमबार साँझ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेला आयोजना गर्दै मन्त्रालयले सो प्रतिवेदन सार्वजनिक गरेको थियो ।
अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
उच्च हिमाली जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ ।
चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिका पहिरेबेंंसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइनलाई बुधबार साँझबाट विद्युत् प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याइएको हो ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी तथा पहिरो प्रभावित जलविद्युत आयोजनालाई सरकारले राहत र क्षतिपूर्तिका लागि सहजिकरण गर्न नसक्ने भनी हात उठाउनुपर्ने भन्दै आक्रोश व्यक्त गरेका छन् ।
बाढी र पहिरोका कारण देशभरि १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार कतिपय आयोजनाको पावर हाउस डुबेको छ भने कतिपयमा उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
चिलिमे जलविद्युत कम्पनी लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाबाट एक महिनाभित्र विद्युत् उत्पादन हुने गरी सञ्चालनमा ल्याइने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले केही वर्षमै नेपाल र भारतबीच १५ हजार बिजुली आयात–निर्यातको पूर्वाधार तयार हुने बताएका छन्।
रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जाडिने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विकास आयोजनामा ढुक्क भएर लगानी गर्न एसियाली विकास बैंक (एडीबी) लाई आग्रह गरेका छन्।