logo

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

    1175   पटक पढिएको


६ असोज/अर्थ र व्यापार – अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएका अनीलकुमार सिन्हा, मदन परियार जगदीश खरेल र महावीर पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
पूर्वन्यायाधीश सिन्हालाई तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएका थिए ।
यस्तै पत्रकार खरेलल सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी गरिरहेका छन् ।
परियारलाई कृषि विकास तथा पशुपंंछि मन्त्री नियुक्त भएका छन् । उनी कृषि विज्ञ हुन् । परियारले तत्कालीन राज्य पुनर्संरचनाको संयोजक समेत भएर काम गरेका थिए ।
वैज्ञानिक पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्म्ेवारी दिएको छ । पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । पुनले दुर्गम जिल्लामा ताररहित इन्टरेनट विस्तारमा पु¥याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय म्यागसेसे अवार्ड समेत पाएका थिए ।
पछिल्लो समय उनलाई वीरगञ्जस्थित बन्द भएको कृषि औजार कारखानाको जिम्मा दिइएकोमा उनले त्यहाँबाट विभिन्न औजार र मेसिनको विकासमा काम गर्दै आएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले यसअघि ओमप्रकाश अर्याललाई गृह, रामेश्वर खनाललाई अर्थ र कुलमान घिसिङलाई क्रमश ः ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सहित मन्त्री नियुक्त गरिसकेकी छन् । मन्त्रीमण्डल विस्तारसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिमण्डल ८ सदस्यीय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।