६ असोज/अर्थ र व्यापार – अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएका अनीलकुमार सिन्हा, मदन परियार जगदीश खरेल र महावीर पुनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
पूर्वन्यायाधीश सिन्हालाई तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । सिन्हाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय र कानुन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् । कानुन मन्त्रालयको जिम्मेवारी यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले नै लिएका थिए ।
यस्तै पत्रकार खरेलल सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका छन् । पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख थिए । दुई दशक भन्दा बढी समयदेखि पत्रकारिता गरिरहेका खरेलले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गरेका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा विद्यावारिधी गरिरहेका छन् ।
परियारलाई कृषि विकास तथा पशुपंंछि मन्त्री नियुक्त भएका छन् । उनी कृषि विज्ञ हुन् । परियारले तत्कालीन राज्य पुनर्संरचनाको संयोजक समेत भएर काम गरेका थिए ।
वैज्ञानिक पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको जिम्म्ेवारी दिएको छ । पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन् । पुनले दुर्गम जिल्लामा ताररहित इन्टरेनट विस्तारमा पु¥याएको योगदानको कदर गर्दै अन्तर्राष्ट्रिय म्यागसेसे अवार्ड समेत पाएका थिए ।
पछिल्लो समय उनलाई वीरगञ्जस्थित बन्द भएको कृषि औजार कारखानाको जिम्मा दिइएकोमा उनले त्यहाँबाट विभिन्न औजार र मेसिनको विकासमा काम गर्दै आएका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले यसअघि ओमप्रकाश अर्याललाई गृह, रामेश्वर खनाललाई अर्थ र कुलमान घिसिङलाई क्रमश ः ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रालयको जिम्मेवारी सहित मन्त्री नियुक्त गरिसकेकी छन् । मन्त्रीमण्डल विस्तारसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिमण्डल ८ सदस्यीय भएको छ ।
तपाईको प्रतिक्रिया