logo

उद्योगहरुलाई १२ मंसिरभित्र बक्यौता बुझाउन विद्युत् प्राधिकरणको अल्टिमेटम, नत्र लाइन काटिदिने

    494   पटक पढिएको


२९ कात्तिक/अर्थ र व्यापार – नेपाल विद्युत् प्राधिकरणले उद्योगीहरुलाई आगामी १५ दिनभित्र बिजुलीको बक्यौता तिर्न भनेको छ । प्राधिकरणले बिहीबार सूचना जारी गर्दै आगामी १२ मंसिरभित्र बक्यौता तिर्न १५ दिने अल्टिमेटम दिएको हो । अझै अटेर गरे नाइन काट्ने चेतावनी प्राधिकरणले दिएको छ ।
प्राधिकरणले मन्त्रिपरिषदको गत २५ कात्तिकको बैठकबाट र नेपाल विद्युत् प्राधिरण सञ्चालक समितिको गत २७ कात्तिकको ९ सय ८७ औं बैठकबाट बक्यौता महसुल १५ दिनभित्र असुलउपर गर्ने निर्णय भएको स्मरण गराएको छ ।
सोही अनुरुप वितरण केन्द्रहरुबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड तथा टी वान, टी टु र टी थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल अनुसार बक्यौता बुझाउन प्राधिकरणले १५ दिने अल्टिमेटम दिएको हो ।
आगामी १२ मंसिरभित्र बक्यौता महसुल नबुझाएमा नियमानुसार अघि बढ्ने चेतावनी प्राधिकरणले दिएको छ । डेटिकेटेड फिडर र ट्रंक लाइनबाट विद्युत् प्रयोग गरेका उद्योगहरुले बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइन काटिदिएको थियो । तर, २५ कात्तिकको मन्त्रिपरिषद् बैठकले बिजुलीको लाइन जोडिदिने र टिओडी मिटरको आधारमा १५ दिनभित्र महसुल उठाउने निर्णय गरेको थियो ।
त्यसपछि गत २७ कात्तिकमा प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरुमा बिजुलीको लाइन जोड्ने निर्णय गरेपछि प्राधिकरणले अधिकांश उद्योगहरुमा लाइन जोडिदिएको छ । यस निणर्य बमोजिम विद्युत् लाइन जोडदा पनि अहिलेसम्म उद्योगी व्यवसायीले तिर्नुपर्ने बक्यौता रकम नबुझाएका कारण यस्तो चेतावनी दिनुपरेको प्राधिकरणले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।