logo

गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्कासन गर्ने, प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    296   पटक पढिएको


२३ असार/अर्थ र व्यापार – गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आफ्नो १० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपिओ) सर्वसाधारणलाई निष्कासन गर्ने भएको छ ।
सो कम्पनीले ५० करोड रुपैयाँको जारी पूँजीको २० प्रतिशत हिस्सा अर्थात् १० लाख कित्ता सेयर सय रुपैयाँ अंकित दरमा निष्कासन गर्ने तयारी गरेको हो ।
यस प्रयोजनका लागि गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच दुईपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतामा गर्जाङ उपत्यकाका अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।
यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेपछि क्रिया अघि बढाउने छ । गर्जाङ उपत्यका हाइड्रो पावरले रामेछाप जिल्लामा रहेको २.८३ मेगावाट क्षमताको रन–अफ–दि–रिभर प्रकारको चके खोला जलविद्युत् आयोजना सञ्चालनमा ल्याइसकेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।