logo

फलाखु खोलामा बन्ने ७.२९ मेगावाटको जलविद्युत् आयोजनालाई वित्तिय सुनिश्चितता, एनआइसी एसिया बैंकले एकल ऋण लगानी गर्ने

    578   पटक पढिएको

१४ जेठ/अर्थ र व्यापार- रसुवा जिल्लाको नौकुण्ड गाउँपालिकास्थित फलाखु खोलामा ७.२९ मेगावाटको जलविद्युत् आयोजना बन्ने भएको छ । १ अर्ब ४७ करोडको लागतमा फलाखु खोलामा बन्ने जलविद्युत् आयोजनाका लागि एनआइसी एसिया बैंकको एकल अगुवाईमा ऋणको वित्तीय सुनिश्चितता समेत भएको छ ।

आयोजनाको वित्तीय व्यवस्थापन सुनिश्चितता सम्बन्धि सम्झौतामा रसुवा हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष दीपक थापा र एनआइसी एसिया बैंकका कार्यकारी प्रमुख सुजित शाक्यले हस्ताक्षर गरे । आयोजनामा एनआइसी एसिया बैंकले ९५ करोड २० करोड लगानी गर्नेछ भने बाँकी ५१ करोड ८० लाख संस्थापक तथा अन्य लगानीकर्ताबाट सेयर लगानीका रूपमा जुटाइनेछ ।

यस आयोजना ५.३० घनमिटर प्रतिसेकेन्ड पानी उपयोग गर्नेगरी डिजाइन गरिएको छ भने यसको ग्रस हेड १८१.९८ मिटर रहेको छ । आयोजनाबाट वार्षिक ३८.७४ गिगावाट आवर विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ । उत्पादित विद्युतमध्ये १६.८५ प्रतिशत सुक्खायाममा तथा ८३.१५ प्रतिशत वर्षायाममा उत्पादन हुनेछ । आयोजनाको पहिलो वर्षको अनुमानित आम्दानी करिब २० करोड ९४ लाख रहनेछ ।

विद्युत् खरिद बिक्री सम्झौता अनुसार ५ मेगावाटलाई ५ पटक र २.७९ मेगावाटलाई ८ पटकसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि हुने व्यवस्था रहेको छ । उत्पादित विद्युत् १० किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको त्रिशूली ३ बी हब सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा आपूर्ति गरिने आयोजनाले जनाएको छ ।

आयोजना निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण कार्य सम्पन्न भइसकेको र गत वर्षदेखि विभिन्न सिविलको हेडवक्र्स अन्तर्गतको डिस्यान्डर, इन्टेक, बाँध र एलान्मेन्ट, इन्लेट पोर्टल निर्माण कार्यसमेत सुचारु छ । आयोजनामा कुल ३४ दशमलव ३५ प्रतिशत प्रगति भएको छ । भविष्यमा सर्वसाधारणलाई समेत सेयरमा लगानी गर्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ । डेढ वर्षमा आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याउने अपेक्षा गरेको छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।