logo

अरुण भ्याली हाइड्रोपावरको नाफा ११ करोड ३२ लाख, प्रति सेयर आम्दानी पनि बढेर १२.१२ रुपैयाँ पुग्यो

    129   पटक पढिएको


२६ कात्तिक/अर्थ र व्यापार– अरुण भ्याली हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यस कम्पनीको खुद नाफा गत आवको पहिलो तीन महिनाको तुलनामा ८ गुणा बढीले वृद्धि भएको हो । गत आर्थिक वर्ष असोज मसान्तसम्म यस कम्पनीले १ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
गत आवको तुलनामा यस आर्थिक वर्षको पहिलो त्रेमासमा अरुण भ्यालीले ७२० दशमलब ५३ प्रतिशतले नाफा बढाएको छ । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै कम्पनीको खुद नाफा आर्जन वृद्धि भएको हो ।
यस कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ४८५ दशमलब ५७ प्रतिशत बढेर ७ करोड ७४ लाख रुपैयाँ पुगेको छ । गत वर्ष विद्युत् बिक्रीबाट १ करोड ३२ लाख रुपैयाँ कम्पनीले आर्जन गरेको थियो । नाफासँगै यस कम्पनीको प्रतिसेयर आम्दानी पनि वृद्धि भएको छ ।
गत आवको प्रथम तीन महिनामा प्रति सेयर आम्दानी २.९६ रुपैयाँ रहेकामा चालु आर्थिक वर्षको प्रथम तीन महिनामा सेयर आम्दानी बढेर १२.१२ रुपैयाँ पुगेको छ । यस कम्पनीको प्रति सेयर नेटवर्थ १०६.८३ रुपैयाँ छ । त्यस्तै कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई बुझायो प्रतिवेदन

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष रामेश्वर खनालले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सो प्रतिवेदन बुझाएका हुन् ।

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर, आपसी सहकार्यसम्बन्धी सहमतिले थप विकासको ढोका खोलिँदै

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच मंगलबार ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।