logo

बाढी र पहिरोले १६ वटा जलविद्युत् आयोजनामा क्षति, अझै क्षतिको विवरण आउन बाँकी

    946   पटक पढिएको


१३ असोज/अर्थ र व्यापार – बाढी र पहिरोका कारण देशभरि १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अनुसार कतिपय आयोजनाको पावर हाउस डुबेको छ भने कतिपयमा उत्पादन नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।
इप्पानका अनुसार मान्डु हाइड्रोपावरद्वारा प्रर्वधित २२ मेगावाट क्षमताको बागमती साना जलविद्युत् आयोजना र मकवानपुरको पावर हाउस पूर्णरूपमा डुबेको छ ।
पाँचथरको माउन्टेन हाइड्रो नेपालद्वारा प्रर्वधित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत् आयोजना जुन गत वर्षको बाढीबाट पनि प्रभावित भएको थियो, अहिले यसको पावर हाउस डुबानमा परेको छ ।
त्यस्तै पाँचथर पावरद्वारा प्रर्वधिधत १४.९ मेगावाटको हेवाखोला जलविद्युत् आयोजना, जुन गत वर्षको बाढीले क्षतिग्रस्त भई पुनर्निर्माण सकेर सञ्चालनमा आउनै लाग्दा अहिले पुनः क्षतिग्रस्त बनेको छ ।
सोलुखुम्बुमा साहस ऊर्जाद्वारा प्रर्वधिधत ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत् आयोजनाको हेडवर्क्समा क्षति पुग्दा उत्पादन बन्द भएको छ ।
त्यस्तै इलामको सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धिधत ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत् आयोजनाको बाँध र टेलरेसमा क्षति हुँदा उत्पादन बन्द भएको छ ।
इलामकै सगरमाथा जलविद्युत् कम्पनीद्वारा प्रवद्र्धित ९.६ मेगावाटको माइखोला जलविद्युत् आयोजनाको बाँध र प्रसारण लाइनमा क्षति पुगेको छ ।
पाँचथरको १ मेगावाटको फेमे खोला जलविद्युत् आयोजनाको बाँध र विद्युतगृहमा पूर्णक्षति पुगेको छ । लमजुङको ५ मेगावाटको सिउरीखोला जलविद्युत् आयोजनाको टेलरेस, इन्टेक र टनेलमा क्षति पुगेको छ ।
त्यस्तै लमजुङस्थित ४० मेगावाटको सुपरन्यादी जलविद्युत् आयोजनाको पहुँचमार्ग र प्रोटेक्सन वालमा समेत क्षति पुगेको छ । धादिङस्थित २५ मेगावाटको इलेप खोला तातोपानी जलविद्युत् आयोजनाको पहुँचमार्गमा ठूलो क्षति भएको इप्पानले जनाएको छ ।
नुवाकोटस्थित २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको क्याम्प हाउस र पहुँचमार्गमा क्षति पुगेको छ भने तीन वटा कन्टेनर बगाएको छ ।
पाँचथरस्थित १० मेगावाटको हेवाखोला जलविद्युत् आयोजनाको क्रसर पुरिएको छ । पहुँचमार्गमा क्षति पुगेको प्रसारण लाइनको टावर ढलेको छ । पावर हाउसमा जडान गर्न ल्याइएका सामग्री बगाएको छ ।
त्यसैगरी पाँचथरस्थित १५.१ मेगावाटको सभाखोला बी जलविद्युत् आयोजनाको पहुँचमार्ग बगेको छ । पावरहाउस पुरिएको छ भने बाँधमा क्षति र अस्थायी पुल बगाएको छ ।
पाँचथरकै ६.३ मेगावाटको सभाखोला सी जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति भएको देखिएको छ । कास्कीस्थित ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत् आयोजनाको पहुँचमार्गमा क्षति भएको समेत इप्पानले जनाएको छ ।
यसैगरी नुवाकोटस्थित १ सय मेगावाटको सुपर त्रिशूली जलविद्युत् आयोजनाका दुई स्काभेटर, दुई लोडर र तीनवटा टिपर बगाएको छ । बेलिब्रिज बगाएको छ भने पावर हाउस स्काभेसन पुरिएको छ । अझै धेरै जलविद्युत् आयोजनामा सञ्चारसम्पर्क विच्छेद भएकाले सबै आयोजनाका विवरण प्राप्त हुन नसकेको इप्पानले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।