logo

चाडपर्वमा उपभोग्य वस्तुमा एमआरपी र मूल्यसूची अनिवार्य राख्न निर्देशन

    274   पटक पढिएको


२७ असोज/अर्थ र व्यापार – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकारको सुनिश्चितताका लागि व्यवसायीलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) र मूल्यसूची अनिवार्य राख्न निर्देशन दिएको छ ।
विभागले नियमित बजार अनुगमनका क्रममा धेरैजसो सामानहरूमा एमआरपी र मूल्यसूची नराखेको पाइएको भन्दै यस्तो निर्देशन दिएको हो ।
विभागका अनुसार विशेषगरी तिहारको समयमा अत्यधिक खपत हुने भाइ मसला, तामा–चाँदीका भाँडाकुँडा, झिलिमिली बनाउने विद्युतीय सामग्री तथा अन्य दैनिक उपभोग्य वस्तुहरूमा एमआरपी लेबल वा मूल्य सूची नराखिएको पाइएको छ ।
बजारमा देखिएको यस्तो अवस्थाले चाडपर्वका उपभोक्ताहरू ठगिन सक्ने र बजारमा मूल्य अनियमितता बढ्ने जोखिम रहने विभागको भनाइ छ । विभागले चाडपर्वको अवधिमा माग र आपूर्तिबीच सन्तुलन कायम राख्दै मूल्य स्थिरता कायम गर्न लागिपरेको बताएको छ । यस प्रयासमा व्यापारिक संघसंस्था, व्यवसायी, उपभोक्तावादी संघ–संगठन तथा स्वयं उपभोक्ताहरूको सक्रिय भूमिका अपरिहार्य रहेको विभागले जोड दिएको छ ।
यसैगरी, विभागले उपभोक्तालाई पनि सचेत भई खरिद गर्न विभागले आग्रह गरेको छ । कुनै पनि वस्तु खरिद गर्नुअघि त्यसको अधिकतम खुद्रा बिक्री मूल्य लेबलमा भए–नभएको वा मूल्य सूची स्पष्ट राखिएको भए–नभएको यकिन गरेर मात्र खरिद गर्न स्मरण गराइएको छ ।
यदि बजारमा कुनै गुनासो वा मूल्य अनियमितता पाइएमा उपभोक्ताले विभागको टोल फ्री नम्बर ११३९ मा सिधै सम्पर्क गरी जानकारी गराउन सक्ने व्यवस्था मिलाईएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।