logo

बजेटको लक्ष्य भेट्नेगरी कामगर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

    452   पटक पढिएको


३० साउन/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्य पूरा गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकमा अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेको दाबी गर्दै आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलन लगायत लक्ष्य पूरा गर्न अहिलेदेखि सक्रिय भएर काम गर्न निर्देशन दिए ।
औसत प्रयासले लक्ष्य पूरा गर्न नसकिने भन्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताए । उनले समस्यामा अल्झिने भन्दा समाधानमा सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान दिन आग्रह गरे ।
निजी क्षेत्रको मनोबल बढाउन अध्यादेश, नीति तथा कार्यक्रम ल्याइएको उनले बताए । संवाद बढाएको भन्दै उनले यसबारे थप अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिए ।
बैठकमा राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले अर्थतन्त्रका सूचक ठिक भए पनि निजी र सार्वजनिक क्षेत्रमा आत्मविश्वास बढाउन जरुरी रहेको बताए ।
यसैगरी, नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले ब्याजदर कम भएका बेला अर्थतन्त्र चलायमान बनाउन निश्चत क्षेत्रमा सरकारले नै प्रयास गर्नुपर्नेमा जोड दिए ।
अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले विगतको लक्ष्य र नतिजा आइसकेका हुनाले आत्मसमीक्षा गरी काममा केन्द्रित हुनुपर्ने बताए ।
अर्थ मन्त्रालयका राजस्व सचिव दिनेशकुमार घिमिरेले कार्यक्रम कार्यान्वयनमा अहिलेदेखि तदारुकता साथ लाग्दा मात्र लक्ष्य पूरा हुन सक्ने बताए । उनले राजस्व प्रशासनमा अझ बढी सुधारको खाँचो औँल्याए ।
अर्थ मन्त्रालय योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख तथा प्रवक्ता श्यामप्रसाद भण्डारीले अर्थतन्त्रका सूचक सकारात्मक रहेको जानकारी दिँदै आगामी दिनमा थप समन्वय र सहजीकरणलाई प्राथमिकता दिने बताए । बैठकमा सहभागीले कार्यक्रम कार्यान्वनय क्रममा देखापर्ने समस्या र चुनौती तत्काल समाधान गर्दै अघि बढ्दा थप नतिजा आउन सक्ने धारणा व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।