अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विज्ञले सामाजिक क्षेत्रको विकास र सामाजिक न्यायमा आधारित रही कार्यान्वयन हुने खालको बजेट ल्याउन सुझाव दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको सहकार्यबाटै मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सकिने बताएका छन् । काठमाडौमा आयोजित नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारण सभा समारोहमा
चालु आर्थिक वर्ष २०८०/८१ को समाप्ति हुन अब ३ महिना मात्र बाँकी रहेको बेला अर्थ मन्त्रालय विभिन्न आयोजनाहरुमा खर्च नभएको बजेट अन्य शीर्षकमा रकमान्तर गरेर भएपनि खर्च बढाउने चटारोमा लागेको छ ।
नेपालले आगामी १६ र १७ बैशाखमा आयोजना गर्न लागेको ‘तेस्रो लगानी सम्मेलन’ मा भारतीय लगानीकर्ता आकर्षित गर्न नयाँदिल्लीमा ‘इन्टस्ट्री मिट’ आयोजना गरेको छ ।
१६औं योजनाका लागि राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ ।
नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी बैशाखमा हुने लगानी सम्मेलनमा लगानी भित्राउन अध्यादेशबाट भएपनि १२ वटा कानुन संशोधन गरिने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेशकुमार अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । मंगलबार काठमाडौंमा सम्पन्न ७३ औं वार्षिक साधारणसभाबाट
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र रेमिट्यान्स, राजश्व र विदेशी सहयोगका आधारमा देश चलाउने सोच कसैलेपनि राख्न नहुने बताएका छन् ।
अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष राजस्व संकलन उत्साहजनक नहुँदा अर्थतन्त्रका आन्तरिक सूचकमा सुधार हुन नसकेको बताएका छन्। उनले आगामी आर्थिक वर्षको बजेट निर्माणबारे संवैधानिक निकाय,
विदेशी मुद्रा संचिति इतिहासमै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ८ महिना (साउन–फागुन)को तथ्यांक अनुसार विदेशी मुद्रा संचिति १८ खर्ब ७२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक बर्ष २०८०/८१ को फागुनमा मात्रै भुक्तानीका विभिन्न विद्युतीय माध्यमबाट साढे ५१ खर्ब रुपैयाँ बढीको भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार फागुन महिनाभरीमा
लगानी बोर्डले विभिन्न ४ वटा आयोजनामा करिब १ खर्ब लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा
वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरीवेक्षण व्यवस्था सहित ‘नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरीवेक्षण विनियमावली–२०७४’ दोस्रो संशोधन भएको छ ।
नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरूलाई नेपालका व्यवसायीहरूले आग्रह गरेका छन् । दोस्रो जापान–नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रिया कार्यक्रममा सहभागी नेपाली व्यवसायीहरूले यस्तो आग्रह गरेका हुन् ।
पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य बढेर निरन्तर नयाँ रेकर्ड बनाइरहेको छ ।
अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनअघि वातावरण निर्माणका लागि बाधक ठानिएका करिब एक दर्जन कानुन संशोधन हुने बताएका छन्। नेपालका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) की आवासीय प्रतिनिधि
सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा ४ प्रतिशतले आर्थिक वृद्धि भएको प्रारम्भिक अनुमान गरेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले
चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३.३ प्रतिशत हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । मंगलबार साउथ एसिया डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो ।
नयाँ बजेट निर्माणको चटारोमा रहेको अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ ।
नेपाल आयल निगमले फेरि पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढाएको छ । सोमबार बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ मूल्य बढाइएको निगमले जनाएको छ ।
लेखापरीक्षकहरुको पेशागत संगठन नेपाल अडिटर्स एसोसिएसन (अडान) ले निजी क्षेत्रको आत्मबल बढाई देशको अर्थतन्त्र चलायमान बनाउन तीनै तहका सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले निर्माण व्यवसायीले सरकारबाट छिटो भुक्तानी पाउनुपर्ने माग गरेको छ ।