logo

अवरुद्ध सडक नखुलेपछि बढ्यो हवाई चाप, एकैदिन ५५९ उडान

    118   पटक पढिएको


१५ असोज/अर्थ र व्यापार– वर्षाका कारण संघीय राजधानी काठमाडौं भित्रने र बाहिरिने सडकमार्ग अवरुद्ध भएपछि हवाई यात्रीको चाप बढेको छ ।
गत ११ र १२ असोमा आएको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध बनाईदिएको र अवरुद्ध सडकहरु अझै सञ्चालनमा नआएपछि हवाई चाप बढेको हो ।
बाढीले बिग्रिएका सडकहरु सफा नभएर सवारी साधन गुड्न नपाएपछि अहिले विभिन्न काम विशेषले काठमाडौबाट आवज जावतगर्ने मुख्य सडकमार्ग अवरुद्ध छन् । नागढुंगा, काभ्रे, कान्तिलोकपथ, सिन्धुपाल्चोक लगायतका सडक अवरुद्ध भएपछि तीन दिनयता हवाईयात्रीको चाप ह्वात्तै बढेको हो ।
मुलुकको अति व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडानको नयाँ रेकर्ड कायम भएको विमानस्थल कार्यालयले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक दिनमा साढे पाँच सय उडान भएका थिए ।
आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान भरी ५५९ उडान भएको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जानकारी दिए । उनका अनुसार आन्तरिकतर्फ हेलिकोप्टरसहित २२७ उडान (डिपार्चर) र २ सय २१ अवतरण (अराइभल) भएका छन् ।
अन्तर्राष्ट्रिय उडानतर्फ पनि ५६ अवतरण र ५५ उडान भएका छन् । प्रवक्ता शेर्पाले एकै दिन सम्भवतः यो हालसम्मकै सर्वाधिक उडान भएको बताए ।
एकैदिन धेरै उडान भएकाले उडान चाप बढेको छ । यसअघि अघिल्लो वर्ष दशैंका बेला यस्तो उडान चाप थियो । विमानस्थलको विवरणमा आन्तरिक र अन्तर्राष्ट्रियमा गरी करिब दैनिक पाँचसय उडान भएका थिए ।
अन्तर्राष्ट्रियमा दैनिक एक सय १३ देखि १५ उडान भएको थियो भने आन्तरिकतर्फ पनि दैनिक दुई सय ७० उडानमार्फत १४ हजार यात्रीले आवतजावत गरेका थिए ।
विमानस्थलका प्रवक्ता शेर्पाले मंगलबारका लागि आन्तरिकतर्फ १६९ अराइभल र १६९ डिपार्चर उडान तालिका तय गरिएको जानकारी दिए । उनले अन्तर्राष्ट्रियमा ५८ डिपार्चर र ५७ अराइभल हुने बताए । हेलिकोप्टरको उद्धार उडानको संख्या पनि उल्लेख्य संख्यामा हुनेछन् ।
वर्षाका कारण अवरुद्ध मुख्य सडकमार्ग आंशिक रूपमा खुलेपनि यात्रुलाई यात्रा गर्न निकै कष्टकर भइरहेको छ । यस्तो अवस्थामा यातायातको एकमात्र विकल्प हवाई उडान हो ।
एक्कासी हवाई उडानमा पनि चाप बढेपछि यात्रुलाई गन्तव्यमा पुग्न समस्या भइरहेको छ । दिनहुँ विमानस्थलमा यात्रुको भीड लाग्ने गरेको छ । आइतबार,सोमबार र मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा उल्लेख्य संख््याका यात्री विमान उडानको पर्खाइमा थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।