logo

पूर्वाधार सम्मेलन सुरु, विभिन्न देशका प्रतिनिधी सहभागी

    759   पटक पढिएको


२७ भदौ/अर्थ र व्यापार– नेपाल उद्योग परिसंघको आयोजनामा काठमाडौंमा नेपाल पूर्वाधार सम्मेलन सुरु भएको छ। बिहिबार र शुक्रबार दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसँगै अन्य देशहरुबाट विभिन्न क्षेत्रका व्यक्तित्व सहभागी भएका छन्।
दक्षिण कोरिया, भारत, चीन, मलेसिया, थाइल्यान्ड लगायतका देशका प्रतिनिधिले विभिन्न सत्रमा आफ्नो देशमा गरिएका पूर्वाधार विकासमा हासिल गरेर अनुभवसहित महत्त्वपूर्ण सन्देश दिँदैछन्।
सडक, ऊर्जा, रेल, रियल इस्टेट, फोहोरमैला व्यवस्थापन तथा वातावरण, सूचना प्रविधि, व्यापारसहितका अन्य पूर्वाधारका क्षेत्रका विषयमा विमर्श हुनेछ।
नेपालको पूर्वाधार विकासका विविध आयाम बारे सम्मेलनमा प्यानल डिस्कसन हुनेछ। बिहिबार चारवटा प्यानल सेसन हुँदैछ। अपराह्न साढे ४ बजे सम्मेलनको उद्घाटन सत्र हुनेछ।
बिहिबारको सत्रमा दिगो पूर्वाधार निर्माण, क्षेत्रीय पूर्वाधार तथा इन्ट्रिगेसन, पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता र वित्त, मौद्रिक तथा अन्य नियामकीय नीतिहरुको विषयमा प्यानल डिस्कसन हुँदैछ।
उद्घाटन सत्रमा पूर्वाधार विकास र एसियाली पूर्वाधार विकासको ५० वर्षसहितमा छलफल हुने सीएनआईले जनाएको छ। दुई दिने सम्मेलनमा सहभागी हुन पूर्वाधार क्षेत्रमा ख्याति कमाएका अन्तर्राष्ट्रिय व्यक्तित्व सहभागी हुँदैछन्।
एसियाली विकास बैंक(एडीबी)का पूर्वसल्लाहकार मनमोहन प्रकाश, एयर एसिया एभिएसन ग्रुपका प्रमुख कार्यकारी अधिकृत बो लिंगम, टाटा प्रोजेक्टका प्रमुख कार्यकारी अधिकृत विनायक पाई, मिनोकन्सल्ट मलेसियाका डा. ड्यानिस ज्ञानेन्द्र लगायत सहभागी हुँदैछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।