३ असोज/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघको स्थायी समिति सदस्यमा प्रवलजंग पाण्डे लगायत पाँचजना उद्योगी मनोनित भएका छन्। महासंघमा बसेको कार्यसमिति बैठकले स्थायी समितिमा मनोनितको निर्णय गरेको हो।
सो निणर्य बमोजिम महासंघको स्थायी समितिमा व्यवसायीहरु पाण्डे, भरत आचार्य, कल्पना गैरै, सन्दीप अग्रवाल र जम्शेर अलि मिया मनोनित भएका छन्। मनोनित भएका पाँचैजना महासंघका कार्यकारिणी समिति सदस्य हुन्।
महासंघको आगामी निर्वाचनमा एशोसिएट र जिल्ला नगर उपाध्यक्षका दावेदार रहेका उद्योगी स्थायी समितिमा मनोनित भएका छन्। महासंघको विधानको दफा ३७ मा स्थायी समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाका आधारमा पाँच जना उद्योगी मनोनित गरिएको महासंघले जनाएको छ ।
यो निणर्यपछि अब पदाधिकारी र स्थायी समिति सदस्य बसेर छोटो सूचनाका आधारमा कुनै निर्णय गर्नसक्ने व्यवस्था छ । जसकालागि कार्यसमिति सदस्यसहित बैठकका लागि तीन साताभन्दा बढीको सूचना दिनुपर्छ।
तपाईको प्रतिक्रिया