logo

बाढीपहिरोपछि सम्पत्ति बीमाको दाबी गर्ने क्रम बढ्ने, बागमती प्रदेशबाट सबैभन्दा धेरै

    696   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार – केहीदिन अघिको अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोले बीमा कम्पनीमा ७ अर्ब २८ करोड ८५ लाख रुपैयाँ बढीको बीमा दाबी पर्ने आंकलन गरिएको छ । जसमध्ये सम्पत्ति बीमाको दाबी उच्च रहने आंकलन बीमा कम्पनीहरूले गरेका छन् ।
कम्पनीहरूले नेपाल बीमा प्राधिकरणलाई बुझाएको प्रारम्भिक तथ्यांक अनुसार सम्पत्ति बीमाको दाबी उच्च मात्रामा हुने आंकलन गरिएको छ । सम्पत्तितर्फ ६ अर्ब ११ करोड ५१ लाख रुपैयाँ बढी दाबी पर्ने बिमा कम्पनीहरूले अनुमान गरेका छन् ।
सम्पत्ति बिमा दावी अन्तर्गत हालसम्म २ अर्ब ३१ करोड ७१ लाख रुपैयाँको बीमा दाबी पेस भइसकेको छ । त्यसैगरी, इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गतको बीमा दाबी ७१ करोड ८९ लाख रुपैयाँ बढीको पर्ने प्रारम्भिक अनुमान गरिएको छ । यस पोर्टफोलियो अन्तर्गत २८ करोड ४९ लाख रुपैयाँको दाबी पेश भइसकेको छ ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा पोर्टफोलियो भनेको कुनै पनि निर्माणाधीन भवन, पुललगायत भौतिक संरचनाको बीमा हो । गत साता आएको बाढीले धेरै जलविद्युतमा क्षति पुगेको थियो । ऊर्जा मन्त्रालयका अनुसार जलविद्युतमा ५ अर्ब बढीको क्षति भएको थियो ।
इन्जिनियरिङ तथा ठेकेदार जोखिम र सम्पत्ति बीमा जलविद्युतको बीमामा पर्ने गर्दछन् । अर्थात जलविद्युत निर्माणाधीन अवस्थामा इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत पर्छ भने निर्माण भइसकेपछिको बीमा सम्पत्ति अन्तर्गत पर्दछ । सोही कारण पनि यस पोर्टफोलियोमा दाबी उच्च भएको अनुमान गर्न सकिन्छ ।
यसैगरी, मोटर बीमा निजीतर्फ २७ करोड ३० लाख र सार्वजनिकतर्फ १५ करोड ४५ लाख रुपैयाँ बढीको दाबी पेस हुने अनुमान गरिएको छ । सबैभन्दा धेरै दाबी बागमती प्रदेशबाट परेको छ । कुल दाबी रकमको ९५ प्रतिशत बागमतीबाट पर्ने कम्पनीहरूको अनुमान छ । बागमतीबाट कुल ६ अर्ब ९३ करोड ८१ हजार रुपैयाँ बढीको दाबी पर्ने अनुमान गरिएको छ । सबैभन्दा कम दाबी कर्णाली प्रदेशबाट पर्ने अनुमान गरिएको छ ।
कर्णालीबाट जम्मा १ लाख रुपैयाँको मात्र दाबी पर्ने अनुमान बिमा कम्पनीहरूले गरेका छन् । सबै भन्दा धेरै काभ्रेको रोशी खोला छेउछाउबाट दावी बढ्ने अनुमान उनीहरुको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।