logo

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब ४ खर्ब व्यापार घाटा

    394   पटक पढिएको


८ कात्तिक/अर्थ र व्यापार – चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो त्रैमासमा करिब ४ खर्ब व्यापार घाटा भएको छ । यो अवधीमा आयात/निर्यातसँगै व्यापार घाटा पनि घटेको छ । चालु आवको वितेका तीन महिना साउन, भदौ र असोजमा आयात ४.१७ प्रतिशतले घट्दा निर्यात ६.११ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।
यसैगरी, व्यापार घाटा ३.९६ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार चालु आवको यो तीन महिनामा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बढीको वस्तु तथा सेवा आयात भएको छ ।
यस्तो आयात गत आवको सोही अवधिमा ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ रहेको थियो । यसैगरी, यो अवधिमा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गत आवको सोही अवधिमा यस्तो निर्यात ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँ थियो ।
समग्रहमा यो तीन महिनामा नेपाललाई ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ व्यापार घाटा लागेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ३ खर्ब ६६ अर्ब ८८ करोड ४० लाख रुपैयाँ थियो ।
यो अवधिमा नेपालले सबैभन्दा धेरै भारतसँग व्यापार गरेको छ । भारतबाट २ खर्ब ४० खर्ब ९२ करोड ५९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँको निर्यात गरेको छ । भारतसँग मात्रै ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ व्यापार घाटा लागेको छ ।
यसैगरी, चीनबाट ७८ अर्ब ६३ करोड ७२ लाख रुपैयाँको आयात गर्दा ५५ करोड ५ लाख रुपैयाँको निर्यात गरेको छ । चीनसँग ७८ अर्ब ८ करोड व्यापार घाटा लागेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।