logo

विधान संशोधन गर्न महासंघले २५ मंसिरमा बोलायो विशेष साधारणसभा,अझै एक कार्यकाल वरिष्ठको निर्वाचनपछि मात्रै प्रत्यक्ष अध्यक्ष छानिले

    793   पटक पढिएको

२ असोज/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघले आगामी २५ मंसिरमा विशेष साधारणसभाको मिति तय गरेको छ । महासंघको विधान संशोधनका लागि बुधबार बसेको कार्यसमिति बैंठकले आगामी २५ मंसिरमा विशेष साधारणसभा बोलाएको हो ।
महासंघको यसअघि बसेको कार्यसमिति बैठकले विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । सो बैठकले हालका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ पछिको एक कार्यकालकालागि पनि वरिष्ठ उपाध्यक्षकै लागि निर्वाचन हुने र त्यसपछि अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनेगरी सर्वसम्मतिले विधान संशोधन गरेको थियो ।
महासंघले विद्यान संसोधनबाट गर्न खोजेको उपाएको प्रयास अनुसार वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालपछि वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ महासंघको अध्यक्ष हुनेछन् । त्यसपछिको एक कार्यकाल पनि वरिष्ठ उपाध्यक्षकै लागि निर्वाचन गरिने र अर्कोपटकपछि मात्र प्रत्यक्ष निर्वाचित अध्यक्ष चयन गरिने छ ।
जसकालागि महासंघले सो मस्यौदालाई नै आगामी २५ मंसिरमा हुने विशेष साधारणसभामा पेश गर्नेछ । यसैगरी, महासंघको तत्कालीन बैठकले विधान संशोधनअन्तर्गत दुईवटा वरिष्ठ उपाध्यक्ष राख्ने प्रस्ताव पारित गरेको थियो । जसअनुसार वस्तुगत र एसोसिएटबाट एउटा वरिष्ठ उपाध्यक्ष र जिल्ला नगरबाट एउटा वरिष्ठ उपाध्यक्ष रहनेछन् ।
हाल कार्यसमितिबाट पारिस भएको मस्यौदा अनुसार सो व्यवस्था अन्जन श्रेष्ठ अध्यक्ष भएर त्यसपछि एक कार्यकालको लागि पुनः वरिष्ठ उपाध्यक्षको लागि निर्वाचन भई प्रत्यक्ष निर्वाचनमा गएपछि मात्र लागु हुनेछ ।
महासंघले हाल सो विधानको मस्यौदालाई अध्ययनका लागि आफ्ना जिल्ला नगर वस्तुगत एसोसिएट सदस्यलाई अध्ययनका लागि पठाएको छ । महासंघले आफु अन्तरगतका सदस्यहरुबाट राय लिएर यस मस्यौदालाई आगामी २५ मंसिरमा हुने विशेष साधारण सभाबाट पारित गराएपछि कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।
यसअघि महासंघको विद्यान संशोधन समितिले पारित गरेको व्यवस्था अनुसार एउटै व्यक्ति दुईपटकसम्म महासंघको अध्यक्ष उठ्न पाउने उल्लेख छ । यसैगरी, महासंघको कार्यकाल पनि तीन वर्षको यथावत राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।