logo

विधान संशोधन गर्न महासंघले २५ मंसिरमा बोलायो विशेष साधारणसभा,अझै एक कार्यकाल वरिष्ठको निर्वाचनपछि मात्रै प्रत्यक्ष अध्यक्ष छानिले

    508   पटक पढिएको

२ असोज/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघले आगामी २५ मंसिरमा विशेष साधारणसभाको मिति तय गरेको छ । महासंघको विधान संशोधनका लागि बुधबार बसेको कार्यसमिति बैंठकले आगामी २५ मंसिरमा विशेष साधारणसभा बोलाएको हो ।
महासंघको यसअघि बसेको कार्यसमिति बैठकले विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । सो बैठकले हालका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ पछिको एक कार्यकालकालागि पनि वरिष्ठ उपाध्यक्षकै लागि निर्वाचन हुने र त्यसपछि अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनेगरी सर्वसम्मतिले विधान संशोधन गरेको थियो ।
महासंघले विद्यान संसोधनबाट गर्न खोजेको उपाएको प्रयास अनुसार वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालपछि वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ महासंघको अध्यक्ष हुनेछन् । त्यसपछिको एक कार्यकाल पनि वरिष्ठ उपाध्यक्षकै लागि निर्वाचन गरिने र अर्कोपटकपछि मात्र प्रत्यक्ष निर्वाचित अध्यक्ष चयन गरिने छ ।
जसकालागि महासंघले सो मस्यौदालाई नै आगामी २५ मंसिरमा हुने विशेष साधारणसभामा पेश गर्नेछ । यसैगरी, महासंघको तत्कालीन बैठकले विधान संशोधनअन्तर्गत दुईवटा वरिष्ठ उपाध्यक्ष राख्ने प्रस्ताव पारित गरेको थियो । जसअनुसार वस्तुगत र एसोसिएटबाट एउटा वरिष्ठ उपाध्यक्ष र जिल्ला नगरबाट एउटा वरिष्ठ उपाध्यक्ष रहनेछन् ।
हाल कार्यसमितिबाट पारिस भएको मस्यौदा अनुसार सो व्यवस्था अन्जन श्रेष्ठ अध्यक्ष भएर त्यसपछि एक कार्यकालको लागि पुनः वरिष्ठ उपाध्यक्षको लागि निर्वाचन भई प्रत्यक्ष निर्वाचनमा गएपछि मात्र लागु हुनेछ ।
महासंघले हाल सो विधानको मस्यौदालाई अध्ययनका लागि आफ्ना जिल्ला नगर वस्तुगत एसोसिएट सदस्यलाई अध्ययनका लागि पठाएको छ । महासंघले आफु अन्तरगतका सदस्यहरुबाट राय लिएर यस मस्यौदालाई आगामी २५ मंसिरमा हुने विशेष साधारण सभाबाट पारित गराएपछि कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।
यसअघि महासंघको विद्यान संशोधन समितिले पारित गरेको व्यवस्था अनुसार एउटै व्यक्ति दुईपटकसम्म महासंघको अध्यक्ष उठ्न पाउने उल्लेख छ । यसैगरी, महासंघको कार्यकाल पनि तीन वर्षको यथावत राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।