logo

सेयर बजार बढेर २६९० अंकमा, फाइनान्स समुहमा करेक्सन

    457   पटक पढिएको

 

२१ असोज/अर्थ र व्यापार – यो साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारको परिसूचक नेप्से ३७ दशमलब १३ अंकले बढेर २६ सय ९० दशमलब ७२ बिन्दुमा पुगेको छ ।
कारोबार भइरहँदा पटक पटक नेप्से २७०० माथि पुगे पनि अन्तिम समयमा आएर सो बेद्धि अडिन सकेन । यसैगरी, बजार बढ्दा कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ६ अर्ब १३ करोडको कारोबार भएकोमा थियो । यसदिन ७ अर्ब ९ करोड रुपैयाँ को कारोबार भएको थियो । यसदिन १७६ कम्पनीको मूल्य बढ्दा ६६ को घट्यो भने २ को स्थिर रहेका थिए ।
अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दिन ०.७१ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत घट्यो । यी दुईबाहेक सबै सेक्टर बढे । बैंकिङ १.९०, विकास बैंक १.१०, होटल तथा पर्यटन ३.५०, हाइड्रोपावर १.०५, लगानी १.४६, जीवन बीमा १.११, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा ०.८८, अन्य २.६१ र व्यापार समूह १.४६ प्रतिशत बढे । थ्रीस्टार हाइड्रोपावरको ९.९, दोल्ती पावरको ९.६, जोशी हाइड्रोको ८.४, पिपुल्स हाइड्रोपावरको ७.५ प्रतिशत मूल्य बढ्यो । इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो ।
त्यस्तै विन नेपाल लघुवित्तको ६.१, जनउत्थान सामुदायिक लघुवित्तको ४, पोखरा फाइनान्सको ३.७ प्रतिशत मूल्य घटेको थियो । कारोबार रकमका आधारमा यसदिन चन्द्रागिरि हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन रिइन्स्योरेन्स, नेपाल फाइनान्स र गुडविल फाइनान्स क्रमशः अगाडि रहेका थिए ।
सोमबार फाइनान्स र उत्पादनमूलक बाहेकका बाँकी उपसमूहले नेप्से बढाएका हुन् । होटल उपसमूहको सूचक सबैभन्दा धेरै ३.५० प्रतिशतले बढेको थियो । यसदिन नेप्से ४ पटकसम्म २७०० विन्दुबाट माथि लागेपनि अन्तिममा सो बृद्धि टिक्न सकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।