logo

उद्योग वाणिज्य महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ:अध्यक्ष ढकाल

    440   पटक पढिएको


४ असोज/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन्।
ललितपुर उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले भने, ‘कोभिड–१९ महामारी र रसिया–युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबैमा थियो । त्यति नै बेला यहाँ श्रीलंकाको जस्तै अवस्था हुने हल्ला फैलाइयो। नेतृत्वमा आएपछि करिब डेढ वर्ष हामीले यसरी काम ग¥यौं कि अहिले आशा जागेको अवस्था छ । अर्थतन्त्रमा सुधारका संकत देखिएका छन्।’
उनले महासंघले आम मानिसमा देखिएको निराशाको अवस्था चिर्न सरकारसँगको सहकार्य थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिड–१९पछि त्यसअघिकै अवस्थामा पुनःस्थापना गर्न सुधारका कामको सुरुवात गरेर सरकारलाई दबाब दिएकाले अहिले सकारात्मक परिणाम देखिएको दाबी थियो।
उनले महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेको भन्दा फरक रहेको बताए ।

‘पहिले दाताले प्रतिबद्धता गरेबमोजिमको लगानी आएन। किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ। कतिपय कानुनहरु बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल ग¥यौं। सरकारलाई दबाब पनि दियौं। हाम्रो सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठ वटा कानुन संशोधन भए। हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धता अनुसार लगानी ल्याउन सहज हुनेछ।’
उनले कानुन संशोधनका क्रममा राजनीतिक पार्टीहरु आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको बताए । उनले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई एकत्रितगरी ठूला लगानीमा लगाउनसक्ने बताएका छन्।
उनले यस्तै पुँजीलाई बटुलेर राष्ट्रियस्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्रले सबैको सहभागितामा १० अर्बको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना भइसकेको जानकारी दिएका थिए ।
देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासंघले धेरै काम गरेको उदाहरण पेस गर्दै उनले यो समय लगानीका लागि उचित समय भएकाले लगानी गरी लाभ लिन सबैलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।