logo

उद्योग वाणिज्य महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छ:अध्यक्ष ढकाल

    712   पटक पढिएको


४ असोज/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तर लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन्।
ललितपुर उद्योग वाणिज्य संघको ४५औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले भने, ‘कोभिड–१९ महामारी र रसिया–युक्रेन युद्धपछि विश्वका अन्य देशहरुजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबैमा थियो । त्यति नै बेला यहाँ श्रीलंकाको जस्तै अवस्था हुने हल्ला फैलाइयो। नेतृत्वमा आएपछि करिब डेढ वर्ष हामीले यसरी काम ग¥यौं कि अहिले आशा जागेको अवस्था छ । अर्थतन्त्रमा सुधारका संकत देखिएका छन्।’
उनले महासंघले आम मानिसमा देखिएको निराशाको अवस्था चिर्न सरकारसँगको सहकार्य थालनी गरेको, अर्थतन्त्रलाई थप बिग्रन नदिन र कोभिड–१९पछि त्यसअघिकै अवस्थामा पुनःस्थापना गर्न सुधारका कामको सुरुवात गरेर सरकारलाई दबाब दिएकाले अहिले सकारात्मक परिणाम देखिएको दाबी थियो।
उनले महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेको भन्दा फरक रहेको बताए ।

‘पहिले दाताले प्रतिबद्धता गरेबमोजिमको लगानी आएन। किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ। कतिपय कानुनहरु बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल ग¥यौं। सरकारलाई दबाब पनि दियौं। हाम्रो सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठ वटा कानुन संशोधन भए। हामीलाई लाग्छ अब दातालाई प्रतिबद्धता अनुसार लगानी ल्याउन सहज हुनेछ।’
उनले कानुन संशोधनका क्रममा राजनीतिक पार्टीहरु आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको बताए । उनले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई एकत्रितगरी ठूला लगानीमा लगाउनसक्ने बताएका छन्।
उनले यस्तै पुँजीलाई बटुलेर राष्ट्रियस्तरको लगानीमा लगाउन सकियोस् भन्ने उद्देश्यले निजी क्षेत्रले सबैको सहभागितामा १० अर्बको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी स्थापना भइसकेको जानकारी दिएका थिए ।
देशमा लगानीको वातावरण निर्माण गर्न र खस्कँदो अवस्थामा रहेको अर्थतन्त्रमा सुधार ल्याउन महासंघले धेरै काम गरेको उदाहरण पेस गर्दै उनले यो समय लगानीका लागि उचित समय भएकाले लगानी गरी लाभ लिन सबैलाई आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।