१ कात्तिक/अर्थ र व्यापार – अहिले सुनको मूल्यले एकपछि अर्को गर्दै दैनिक नयाँ रेकर्ड बनाउन थालेको छ । दैनिक बढ्दो क्रममा रहेको छापावाल सुनको भाउ बिहीबार प्रतितोला १ लाख ६२ हजार ४ सय रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा छापावाल सुनको मुल्यमा प्रतितोला ६ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन १ लाख ६१ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ अहिले प्रतितोला ६ सय रुपैयाँ बढेको हो ।
यसैगरी, चाँदीको भाउ भने स्थिर छ । अघिल्लो दिनकै मूल्य प्रतितोला १९ सय ५० रुपैयाँमा चाँदीको कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत २० असोजमा चाँदीको मुल्य प्रतितोला १९ सय ८५ रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
तपाईको प्रतिक्रिया