logo

खाद्य कम्पनीले दसैंमा ४ करोड ३७ लाखको खसीबोका र च्यांग्रा बेच्यो

    802   पटक पढिएको


१ कात्तिक/अर्थ र व्यापार – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यसपालीको दसैंमा करिब ४ करोड ३७ लाख रुपैयाँ बराबरको खसीबोका र च्यांग्रा बेचेको छ । लक्ष्यभन्दा कम खसीबोका र च्यांग्रा बिक्री गरेको छ ।
दसैंका लागि सो कम्पनीले १५०० वटा खसीबोका र ३ सय च्यांग्रा खरिद गरेर बिक्री गर्ने लक्ष्य राखेको थियो । कम्पनीले २० असोज देखि २४ असोजसम्म खसीबोका र च्यांग्रा बिक्री गरेको थियो । कम्पनीले सो अवधिमा ४ करोडभन्दा बढीको खसीबोका र च्यांग्रा बिक्री गरेको छ । कम्पनीका अनुसार ४ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरको १०४५ वटा खसी, १४७ वटा बोका र २८४ वटा च्यांग्रा बिक्री भएका छन् । सो कम्पनीले ९१ लाख ८३ हजार रुपैयाँको च्यांग्रा, ३ करोड ८ लाख ३३ हजार रुपैयाँको खसी र ३७ लाख ३९ हजारको बोका बिक्री भएको जनाएको छ ।
खाद्य कम्पनीले खसीबोका र च्यांग्रा खरिदका लागि करिब ३ करोड रुपैयाँ छुटाएको थियो । उपभोक्ताको माग अनुसार कम्पनीले मकवानपुर, दाङ र सर्लाही लगायतका ठाउँबाट खसीबोका खरिद गरेको हो । सो खसीबोकाको बिक्री मूल्य छुटसहित ६ सय ६० र च्यांग्राको मूल्य १ हजार २सय २० रुपैयाँ तोकिएको थियो ।
कम्पनीले मुस्ताङबाट च्यांग्रा खरिद गरेको हो । कम्पनीका अनुसार १५ वटा सेतो च्यांग्रा फिर्ता गरिएको थियो। खरिद गरेर ल्याइएको एउटा च्यांग्रा र ४ वटा खसीबोका मरेको कम्पनीले जनाएको छ । गत वर्ष कम्पनीले खरिद गरेका च्यांग्रा नबिक्दा लामो समयसम्म राखेर सस्तो भाउमा बेचेको थियो । यसपाली ४ दिनमा सबै खसीबोका बिक्री भएको सो कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।