logo

आर्यतारा होल्डिङसको प्रथम साधारणसभा सम्पन्न

    715   पटक पढिएको

११ असोज/अर्थ र व्यापार- अनुभवि तथा सफल पर्यटन व्यवसायीहरु प्रवर्धक रहेको आर्यतारा होल्डिङसको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार भएको साधारणसभामा होल्डिङसका अध्यक्ष नवराज अंगाईले हाल संस्थाले गरिरहेको लगानी, संस्थाको अवस्था तथा भावि योजनाहरु बारे अध्यक्षको प्रतिवेदन पेश गरेका थिए ।

हाल संस्थाले जलविद्युत, हस्पिटालिटी र सिमेन्ट उद्योगमा लगानी गरेको अध्यक्ष अंगाईले वताए । साथै आगामी दिनमा मुख्यगरी हस्पिटालिटी क्षेत्र अन्तरगत होटेल, रेस्टुरेन्ट, यातायात तथा पर्यटन अन्तरगत एयरलाइन्स र हेलिकप्टर, जलविद्युत परियोजना, कृषिमा आधुनिक प्रविधिमार्फत उत्पादन र बजार व्यवस्थापन तथा गुणस्तरीय शिक्षण संस्था र स्वास्थ्य सेवा प्रवर्धनमा आँफुहरुले लगानी गर्ने योजना बनाएको उनले वताए । त्यसका लागी विभिन्न क्षेत्रमा अध्ययन भईरहेको र आगामी दिनमा संस्थाले उचित निर्णय गर्ने समेत उनले जानकारी दिए । साधारणसभाले अध्यक्षको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

होल्डिङसको सञ्चालकहरु श्याम शर्मा आचार्य, माधव नारायण तिवारी, तुल्सी प्रसाद भट्ट र ध्रुव प्रसाद भट्ट रहेका छन । साधारणसभामा संस्थाका सल्लाहकारहरु प्रकाशचन्द्र देवकोटा, भिम प्रसाद पन्त, मुक्ति पाण्डे र नारायण रेग्मीले संस्थाको आगामी दिन र व्यवसायीक सफलताका लागी शुभकामना समेत दिएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।