logo

नेउवा महासंघ अध्यक्ष ढकालद्वारा आर्थिक सुधारलाई तीव्र बनाउन आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन् । नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् ।

२०८१ भदौ ७

बाफिया र अख्तियारको चासोबारे निजी क्षेत्रको एउटै स्वर,‘लगानी निरुत्साहित तुल्याउने गल्ती नगरौं’

उद्योगी व्यवसायीहरुले आर्थिक वृद्धिका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति चाहिनेमा सरकारले झन् निरुत्साहित गर्न खोजेको भन्दै लगानी खुम्चिएर अर्थतन्त्र थप समस्यामा पर्ने चेतावनी दिएका छन्। नेपाल उद्योग तथा व्यवसायी महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले यस्तो चेतावनी दिएका हुन् ।

२०८१ भदौ ७

सेबोनले छिट्टै नेतृत्व पाउँछ : अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोड (सेबोन) ले छिट्टै नेतृत्व पाउने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपानले) आयोजना गरेको अनलकिङ इन्भेष्टमेन्ट कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

२०८१ भदौ ६

कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्दैछौं: कृषिमन्त्री अधिकारी

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूचि सार्वजनिक गर्ने बताएका छन् ।

२०८१ भदौ ५

विदेशी मुद्रा सञ्चिति २० खर्ब नाघ्यो ,१३ महिनाको आयात धान्न पुग्ने

एक वर्षमै ३२.६ प्रतिशतले वृद्धि हुँदा कुल विदेशी विनियम सञ्चिति २० खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन अनुसार कुल विदेशी विनियम सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड पुगेको हो ।

२०८१ भदौ २

एक वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स

एक वर्षको अवधिमा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार आव २०८०/८१ मा १४ खर्ब ४५ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

२०८१ भदौ २

भन्सारको महानिर्देशकमा पुडासैनी, आचार्य आन्तरिक राजस्वमा

अर्थ मन्त्रालयले १५ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । सहसचिव हरिशरण पुडासैनी भन्सार विभागको महानिर्देशक बनेका छन् ।

२०८१ भदौ २

असुरक्षित सिलिण्डर बेच्ने सगरमाथा ग्यास उद्योगलाई विभागको कारबाही

बजारमा असुरक्षित ग्यास सिलिण्डर पठाउने उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले ग्यास भर्न रोक लगाएको छ । विभागले आफ्नो अनुगमनका क्रममा सिलिण्डरमा कैफियत देखिएपछि सगरमाथा ग्यास उद्योगलाई ग्यास भर्न रोक लगाएको हो।

२०८१ सावन ३१

कुचिएका र म्याद गुज्रिएका ग्यास सिलिण्डर बजारमा नपठाउने उद्योगीको प्रतिबद्धता

ग्यास उद्योगीले कुचिएका र म्याद गुज्रिएका सिलिण्डर बजारमा नपठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। आयल निगमले मंगलबार बोलाएको बिक्रेतासहितको छलफलमा उद्योगीले असुरक्षित सिलिण्डर बजारमा नपठाउने प्रतिबद्धता जनाएका हुन्।

२०८१ सावन २९

आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न अर्थमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले आयोजनाहरुको प्राथमिकता निर्धारण गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

२०८१ सावन २५

अब २० लिटरका जारको पानीमा अधिकतम ४७ रुपैयाँ र १ लिटरका बोतलमा १६ रुपैयाँ भन्दा बढी लिन नपाइँने

काठमाडौं उपत्यकामा बिक्री हुने खाने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) २० लिटरका जारको पानीमा ४७ रुपैयाँ र १ लिटरका बोतलमा १६ रुपैयाँ भन्दा बढी लिन नपाइँने भएको छ ।

२०८१ सावन २४

१४ वटै लाइफ इन्स्योरेन्सको व्यापार बढ्यो, १ खर्ब साढे ५६ अर्ब प्रिमियम संकलन

आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुले व्यवसाय वृद्धि गरेका छन्। अर्थतन्त्रमा देखिएको शिथिलताका बाबजुत कम्पनीहरुले बीमा प्रिमियम आर्जन बढाएका हुन।

२०८१ सावन २३

डलरको भाउ ऐतिहासिक रेकर्डमा, रेमिट्यान्स र पर्यटनमार्फत हुने आम्दानी बढ्यो

मंगलबार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । यो हालसम्म कै उच्च हो ।

२०८१ सावन २२

बैंक तथा वित्तीय संस्थाको कर्जा खरिद बिक्रीमा राष्ट्र बैंकको लचिलो नीति

बैंक तथा वित्तीय संस्थाको कर्जा खरिद बिक्री सम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले केही लचिलो नीति लिएको छ ।  बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै राष्ट्र बैंकले कर्जा खरिद बिक्री गर्दा उठाउन नसकेको कर्जा आफैंले खरिद गर्ने सर्तमा बिक्री गरेको कर्जाको जोखिम भार घटाएको छ ।

२०८१ सावन २०

मौद्रिक नीति कार्यान्वयज गर्न राष्ट्र बैंकले गर्यो नयाँ २० व्यवस्था

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयज गर्नका लागि बैंक तथा वित्तीय संस्थाका ालगि परिपत्र जारी गरेको छ । राष्ट्र बैंकले बुधबार परिपत्र जारी गर्दै विभिन्न नयाँ व्यवस्थाहरु लागु गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले एक वर्षभन्दा बढी ग्रेस अवधि भएका उर्जा लगायतका पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनाहरुमा प्रवाहित असल कर्जाहरुको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुपातिक रुपमा कर्जा नोक्सानी व्यवस्था गरी अन्तिम वर्ष १.१० प्रतिशत सामान्य कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने व्यवस्था गरेको छ

२०८१ सावन १७

पेट्रोलको मूल्य १ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य सामान्य घटाएको छ । निगम सञ्चालक समितिले बिहीबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो ।

२०८१ सावन १७

ब्याज बढी हुँदा समेत किन बिक्री भएन वैदेशिक रोजगार बचतपत्र ?

वैदेशिक रोजगारीमा रहेका नेपालीको पैसा उत्पादनमूलक क्षेत्रमा उपयोग गर्ने उद्देश्यले हरेक वर्ष सरकारले जारी गर्ने वैदेशिक बचतपत्रमध्ये ९५ प्रतिशत बिक्री नहुने गरेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ ।

२०८१ सावन १५

एक वर्षमा ४३४ उद्योग दर्ता, लगानी २ खर्ब १ अर्ब

सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा सबैप्रकारका गरी ४ सय ३४ वटा उद्योगलाई सञ्चालनका लागि अनुमति दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको उद्योग विभागका अनुसार गत् आर्थिक वर्षमा स्वदेशी तथा विदेशी गरी ४ सय ३४ वटा उद्योगलाई सञ्चालनका लागि अनुमति दिइएको हो ।

२०८१ सावन १३

चेम्बरले भन्यो : मौद्रिक नीति सजगपूर्ण र लचक

नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगपूर्ण र लचक आएको धारणा राखेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका केही पक्ष सकारात्मक र केही विषय अझै सम्बोधन हुन नसकेको चेम्बरले जनाएको छ ।

२०८१ सावन १३

मौद्रिक नीतिले आयात गर्दा पाउने सटही सुविधा बढ्यो

मौद्रिक नीतिले आयात गर्दा पाउने सटही सुविधा बढेको छ। ड्राफ्ट/टीटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा बढ्ने भएको हो ।

२०८१ सावन ११

१० वर्षपछि नयाँ भवनबाट चालु आवको मौद्रिक नीति सार्वजनिक ,निर्माण क्षेत्रमा लचकता, ऋण तिर्ने समय मंसिरसम्म

नेपाल राष्ट्र बैंकले १० वर्षपछि आफ्नै नयाँ भवनबाट चालु आवको मौद्रिक नीति सार्वजनिक गरेको छ । २०७२ सालको भुकम्पबाट भत्किएपछि राष्ट्र बैंकले बाहिरबाट मौद्रिक नीति सार्वजनिक गर्दै आएको थियो ।

२०८१ सावन ११

चीनबाट आयात भएका सामग्री बोकेका कन्टेनर रसुवाको टिमुरेमै रोकिए

गएरातिको अविरल वर्षाका कारण पहिरो जाँदा माझगाउँ–बोगटीटारखण्डको बनुवा घुम्ती पासाङल्हामु मार्गमा आंशिक रूपले क्षति भएको छ ।

२०८१ सावन १०

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय उडान बढाउन होटल व्यवसायीको माग

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग होटल व्यवसायीले भेटवार्ता गरेका छन् । होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको होटल संघ नेपालको प्रतिनिधिमण्डलले मंगलबार अर्थमन्त्री पौडेलसँग भेट गरी होटल क्षेत्रका माग सम्बोधनका लागि आग्रह गरेको छ ।

२०८१ सावन ८

हामी काम भइरहेको छ भन्न होइन काम सकियो भन्न आतुर छौं: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको ५ प्राथमिकता रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले थालेको काम पूरा गर्ने, काम गर्ने क्षमता अभिवृद्धि गर्ने, मूल्यांकन प्रणाली बलियो बनाउने,

२०८१ सावन ६

हिंसा भड्किएपछि बंगलादेशको ढाकाबाट काठमाडौं आइपुगे ५६ विद्यार्थी, आइतबारसम्म करिब साढे ८ सय विद्यार्थी नेपाल आए

बंगलादेशमा प्रर्दशन हिंसात्मक बन्दै गएपछि अध्ययनमा गएका ५६ जना नेपाली विद्यार्थी आइतबार नेपाल फर्किएका छन् । उनीहरू विमान बंगलादेशको हवाईजहाज मार्फत काठमाडौं आएका हुन् । आन्दोलनको चपेटामा परेको बंगलादेशबाट आइतबारसम्म करिब साढे ८ सय नेपाली विद्यार्थी नेपाल आएका छन् ।

२०८१ सावन ६

मुख्य खबर

निगमले सिनामंगलस्थित हवाइ इन्धन डिपो गुहेश्वरीमा स्थानान्तरण गर्ने

नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसर सिनामंगलबाट करिब ५० वर्ष पुरानो हवाई इन्धन डिपो स्थानान्तरण गर्ने भएको छ । त्यहाँबाट सारिएको सो डिपो काठमाडौको गुहेश्वरीतर्फ निर्माण हुने छ ।

विकास र लगानीलाई रोक्नु समृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक समृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन्

अब श्रम स्वीकृति लिएका नेपालीलाई भारतको बाटो हुँदै जाँदा एनओसी नचाँहिने

वैधानिक रुपमा श्रम स्वीकृति भएका नेपाली नागरिकहरूलाई भारतको विमानस्थल हुँदै श्रम गन्तव्य मुलुक जानका लागि अब नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नचाँहिने व्यवस्था लागु गरिएको छ ।

एनआरएनए ग्लोबल कन्केभ र वार्षिक साधरणसभा , एनआरएनएमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन: प्रधानमन्त्री

रुपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता भन्ने मुख्य विषयमा केन्द्रित रही काठमाडौंमा एनआरएनए ग्लोबल कन्केभ तथा वार्षिक साधरणसभा शुरु भएको छ ।

टानको द्धितीय उपाध्यक्षमा निशेष थापाको उम्मेदवारी, टानलाई विशुद्ध व्यवसायीक संस्थाको रुपमा अगाडी बढाउन आग्रह

आगामी भदौ १७ गते हुने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान)को निर्वाचनमा सफल पर्यटन व्यवसायी निशेष थापाले सागर पाण्डे समुहवाट द्धितीय उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।

नवनियुक्त प्रधानमन्त्री ओलीले पहिलो दिनमै गठन गरे २२ सदस्यीय मन्त्रिपरिषद

आफु प्रधानमन्त्री भएको पहिलो दिन सोमबार नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

अख्तियारले भ्रष्टाचारको गोप्य उजुरीमा अब संकेत नम्बर राख्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोप्य उजुरीलाई अब संकेत नम्बर दिएर दर्ता गर्ने भएको छ । उजुरीकर्ताले आफ्नो नाम तथा ठेगाना गोप्य राख्ने गरी उजुरी दिएको खण्डमा आयोगले संकेत नम्बर प्रयोगको व्यवस्था गरेको हो ।

समृद्धि बहस मेगा टक शो आयोजना हुने

प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी २८ असारमा समृद्धि बहस मेगा टक शो आयोजना गर्ने भएको छ । अर्थतन्त्रका विविध विषयमा सम्बन्धित सरोकारवाला, सरकारी निकाय, तथा निजी क्षेत्रको उपस्थितीमा बृहत छलफल

मनोरञ्जन

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।
Contact Us

अर्थ व्यापार डट कम
प्वाईन्ट मिडिया प्रा.लि.
लाजिम्पाट, काठमाडौं
फोन : ०१–४४४२५४५
ईमेल : [email protected]

© 2021 Arthabyapar.com.

Design and Development by Cyberlink Pvt. Ltd.