logo

डिजिटल कारोबारको भ्याट हटेसँगै सेवा शुल्क घट्यो,ईभी गाडीको अन्तशुल्क र भन्सारदर यथावत्

    729   पटक पढिएको


१६ जेठ/अर्थ र व्यापार – बजेट मार्फत सरकारले डिजिटल भुक्तानीमा लगाइँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेसँगै सेवा शुल्क घटेको छ ।
शुक्रबारदेखि नै सेवा प्रदायकले डिजिटल भुक्तानीमा सेवा शुल्क घटाएका छन् । डिजिटल भुक्तानीको शुल्कमा लाग्दै आएको १३ प्रतिशत भ्याट सरकारले बजेटमार्फत हटाएसँगै सेवा शुल्क घटेको हो ।
यसअघिसम्म ११ रुपैयाँ ३० पैसा लाग्दै आएको शुल्क अब १० रुपैयाँमा झरेको छ । त्यस्तै ९ रुपैयाँ ४ पैसा लाग्दै आएको शुल्क पनि घटेर ८ रुपैयाँमा झरेको छ ।
शुक्रबारदेखि नै सेवा प्रदायकहरूले डिजिटल भुक्तानीको शुल्कमा १३ प्रतिशत भ्याट हटाएसँगै घटाएका छन् ।
अघिल्लो शुल्क ११ रुपैयाँ ३० पैसा रहेकामा अब १० रुपैयाँमा झरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत सरकारले विभिन्न करका दरमा छुट तथा परिवर्तन गरेको छ । ईभी गाडीको अन्तशुल्क र भन्सारदर यथावत् छ ।

छुट तथा परिवर्तन भएका कारकादर यस्ता छन्
– ढुवानी सेवा प्रदायक व्यवसायीलाई गाडी भाडामा लिँदा प्यान बिल लिएको छैन भने पनि खर्च कट्टी गर्न पाउने ।
– सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष र कर्मचारी सञ्चय कोषमा अर्को स्वीकृत अवकास कोषमा हस्तान्तरण गर्दा अग्रिम करकट्टी नलाग्ने ।
– सामुदायिक अस्पताल, स्वास्थ्य संस्था, यातायातसँग सम्बन्धित गैरसरकारी संस्थाले आगामी वर्षभित्र कर तिर्दा सबै जरिबाना छुट हुने व्यवस्था आर्थिक विधयले गरेको छ ।
– भ्याट विवरण नबुझाएका वा विवरण बुझाएर पनि रकम नतिरेका करदाताले आगामी पुस मसान्तसम्म बुझाए जरिबाना, थप दस्तुर बाँकी ब्याज मिनाहा गर्ने व्यवस्था गरेको छ ।
– अन्तःशुल्क २०८१ चैतसम्मको बक्यौता कर आगामी पुससम्म भुक्तानी गरे जरिबाना र विलम्ब शुल्क नलाग्ने ।
– अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायक तथा हवाई टिकट बिक्री गर्ने व्यक्तिले आगामी असोजसम्म मूल्य अभिवृद्धि कर (भ्याट) छुट भुक्तानी गरे त्यसमा लाग्ने ब्याज, जरिबाना र थप दस्तुर मिनाहा गर्ने व्यवस्था विधेयकले गरेको छ ।
– आय विवरण पेस नगरेका कम्पनीले २०८२ साल अन्तिमसम्म आय विवरण बुझाइ कर भुक्तान गरे संशोधित कर निर्धारण आदेश कार्यान्वयन नगर्ने ।
– डिजिटल सर्भिस ट्याक्स मात्र लाग्ने ।
– डिजिटल माध्यमबाट भुक्तानी गर्दा भ्याटको १० प्रतिशत तत्काल फिर्ता पाउने व्यवस्था ।
– शाखा वा गोदाम प्रमाणित नगरी कारोबार गर्दा हरेक पटक १० हजार जरिबाना लाग्ने व्यवस्था ।
– पोल्ट्रीको फ्रोजन आइटममा भ्याट हटाइयो ।
– सरकारले क्लियरिङ हाउस, दही, रुद्राक्ष लगायत वस्तुको भ्याट हटाइयो ।
– त्यसैगरी सरकारले आगामी आर्थिक वर्षदेखि हिरा र रुबीमा भ्याट लागु गर्ने व्यवस्था आर्थिक विधेयकमा गरेको छ ।
– होटल तथा रिसोर्टमा सूचना प्रविधि उद्योगलाई २० प्रतिशतमात्र आम्दानीमा कर लाग्ने व्यवस्था गरेको छ ।
– नेपालबाट विदेशमा काम गरी नेपाल भित्र्याउने पैसामा १२.५ प्रतिशत कर लाग्थ्यो । तर, आगामी आवदेखि ६.२५ प्रतिशतमात्र कायम गरिएको छ ।
– सरकारले आगामी आवदेखि १० करोडसम्मको कारोबार गर्ने स्टार्टअपलाई ५ वर्षसम्म आयकर छुटको व्यवस्था गरेको छ । यसभन्दा अघि १ करोडसम्मको कारोबार गर्नेलाई आयकर छुट थियो ।
– तरकारीमा भन्सारमा तिरेको अग्रिम आयकर खारेज गरिएको छ ।
– सुन तथा सुनका गहनामा २ प्रतिशत विलासिता कर लगाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।