logo

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल

भौतिक पूर्वाधारका त्रुटिपूर्ण आयोजना खारेज गरिने, स्रोत व्यवस्थापन गर्न वैकल्पिक वित्त कोष स्थापनाको घोषणा

    417   पटक पढिएको



१९ वैशाख/अर्थ र व्यापार – सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विगतमा घोषणा गरिएका भौतिक पूर्वाधारका आयोजना पुनः प्राथमिकीकरण गरी त्रुटिपूर्ण आयोजना खारेज गर्ने घोषणा गरेका छन् ।
सरकारका तर्फबाट राष्ट्रपति पौडेलले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आयोजनाहरुको पुनः प्राथमिकीकरण गर्ने बताएका हुन्।
उनले विगतमा घोषणा गरिएका भौतिक पूर्वाधारका सबै आयोजनाको पुनः प्राथमिकिकरण गर्ने, परियोजनालाई वर्गीकरण गरी समय तालिका निर्धारण गर्ने, सम्पन्न हुने सम्भावना नभएका आयोजना स्थगन गर्ने र त्रुटिपूर्ण आयोजना खारेज गर्ने घोषणा गरे ।
यसैगरी, सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा स्रोत व्यवस्थापनका लागि वैकल्पिक वित्त कोष स्थापनाको घोषणा गरेको छ । सो प्रयोजनका लागि अहिले कानूनी प्रवन्धको काम जारी छ । विधेयक संसदमा दर्ता भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैकल्पिक वित्त कोषको स्थापना गर्ने घोषणा गरे । उनले वैकल्पिक विकास वित्त परिचालनको विधेकय संसदको यसै अधिवेशनबाट पारित गर्ने समेत बताए ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापडण्ड लागू गर्ने
नीति तथा कार्यक्रम मार्फत सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ बाट यूरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गरिने घोषणा गरेको सरकारले नेपालमा लामो समयदेखि यो मापदण्ड लागू गर्न माग उठ्दै आएकोमा अहिले सो मागलाई संवोधन गरिदिएको छ ।
यसैगरी, सरकारले सरकारले पेट्रोलियम पदार्थलाई इथानोल बनाउने प्रविधिमा काम गर्ने घोषणा गरेको छ । राष्ट्रपति पौडेलले पेट्रोलमा बायो इथानोल मिश्रणको नीति कार्यान्वयनमा ल्याइने बताए । यस्तै, अन्तरदेशीए पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण क्षमता बढाइने लक्ष्य सरकारले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।