logo

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेल

भौतिक पूर्वाधारका त्रुटिपूर्ण आयोजना खारेज गरिने, स्रोत व्यवस्थापन गर्न वैकल्पिक वित्त कोष स्थापनाको घोषणा

    622   पटक पढिएको



१९ वैशाख/अर्थ र व्यापार – सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले विगतमा घोषणा गरिएका भौतिक पूर्वाधारका आयोजना पुनः प्राथमिकीकरण गरी त्रुटिपूर्ण आयोजना खारेज गर्ने घोषणा गरेका छन् ।
सरकारका तर्फबाट राष्ट्रपति पौडेलले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आयोजनाहरुको पुनः प्राथमिकीकरण गर्ने बताएका हुन्।
उनले विगतमा घोषणा गरिएका भौतिक पूर्वाधारका सबै आयोजनाको पुनः प्राथमिकिकरण गर्ने, परियोजनालाई वर्गीकरण गरी समय तालिका निर्धारण गर्ने, सम्पन्न हुने सम्भावना नभएका आयोजना स्थगन गर्ने र त्रुटिपूर्ण आयोजना खारेज गर्ने घोषणा गरे ।
यसैगरी, सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा स्रोत व्यवस्थापनका लागि वैकल्पिक वित्त कोष स्थापनाको घोषणा गरेको छ । सो प्रयोजनका लागि अहिले कानूनी प्रवन्धको काम जारी छ । विधेयक संसदमा दर्ता भइसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै वैकल्पिक वित्त कोषको स्थापना गर्ने घोषणा गरे । उनले वैकल्पिक विकास वित्त परिचालनको विधेकय संसदको यसै अधिवेशनबाट पारित गर्ने समेत बताए ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापडण्ड लागू गर्ने
नीति तथा कार्यक्रम मार्फत सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ बाट यूरो ६ मापदण्ड लागू गर्ने घोषणा गरेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनमा यूरो ६ मापदण्ड लागू गरिने घोषणा गरेको सरकारले नेपालमा लामो समयदेखि यो मापदण्ड लागू गर्न माग उठ्दै आएकोमा अहिले सो मागलाई संवोधन गरिदिएको छ ।
यसैगरी, सरकारले सरकारले पेट्रोलियम पदार्थलाई इथानोल बनाउने प्रविधिमा काम गर्ने घोषणा गरेको छ । राष्ट्रपति पौडेलले पेट्रोलमा बायो इथानोल मिश्रणको नीति कार्यान्वयनमा ल्याइने बताए । यस्तै, अन्तरदेशीए पेट्रोलियम पाइपलाइन विस्तार र भण्डारण क्षमता बढाइने लक्ष्य सरकारले लिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।