logo

सेबोन सञ्चालक समितिमा अब राजस्व सचिव र डेपुटी गभर्नर पनि

सेबोनको पुर्नसंरचना गरिँदै

    716   पटक पढिएको


११ जेठ/अर्थ र व्यापार – सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को सञ्चालक समितिमा अब राजस्व सचिव र डेपुटी गभर्नर पनि सहभागी गराउने भएको छ । सेबोनको पुर्नसंरचना गरि सञ्चालक समितिमा अब राजस्व सचिव र डेपुटी गभर्नर पनि राख्ने भएको हो ।
सेबोनको सञ्चालक समितिमा अर्थ मन्त्रालयका तर्फबाट राजस्व सचिव र नेपाल राष्ट्र बैंकका तर्फबाट डेपुटी गभर्नरले प्रतिनिधित्व गर्ने गरी एक वर्षभित्र सेबोनको पुर्नसंरचना गरिने भएको छ ।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले दिएको सुझाव कार्यान्वयनका लागि सरकारले बनाएको कार्ययोजना अनुसार अब सेबोनमा कानुन मन्त्रालय र निजी क्षेत्रका प्रतिनिधि हटाइनेछन् । उनीहरुको स्थानमा विज्ञ सदस्य राख्ने गरी कार्ययोजना तयार पारिएको छ ।
‘धितोपत्र बोर्डको पुर्नसंरचना गरी बोर्डमा राजस्व सचिव र डेपुटी गभर्नरले प्रतिनिधित्व गर्ने प्रावधान बनाउने । विज्ञ सदस्य थप्ने, निजी क्षेत्र र अन्य मन्त्रालय–निकायको प्रतिनिधित्व हटाउने,’ कार्ययोजनामा उल्लेख छ ।
हाल निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि सेबोनको सञ्चालक समिति सदस्य छन् । यस्तै कानुन मन्त्रालयका सहसचिव पनि सेबोनको सञ्चालक छन् । सेबोनमा सञ्चालक समितिमा अहिले अर्थ मन्त्रालयको प्रतिनिधिकारुपमा सहसचिव र राष्ट्र बैंकबाट कार्यकारी निर्देशक सदस्य छन्।
उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सेबोन सञ्चालकबाट निजी क्षेत्रको प्रतिनिधित्व हटाउन सुझाव दिएको थियो । धितोपत्र सम्बन्धी ऐन अहिले संशोधनको क्रममा छ । संशोधनका लागि पेस गरिएको विधेयकमा पनि बोर्ड सञ्चालकमा प्रतिनिधित्व हेरफेर गर्न प्रस्ताव गरिएको छ । सरकारले सेबोनको यस्तो निर्णयबाट पुर्नरसंरचना सहितको सुधार ल्याउन यो व्यवस्था गरिएको बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।