logo

नवउद्यमशीलता प्रवर्धनका लागि अर्थमन्त्रीको ध्यानाकर्षण

    385   पटक पढिएको


७ जेठ/अर्थ र व्यापार – एमालेको सत्ता साझेदार दल नेपाली कांग्रेसका दुई समितिले आर्थिक वर्ष २०८२/८३ को बजेटमा नवउद्यमशीलता प्रवर्धनका लागि बजेट विनियोजन गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसले संयुक्त रूपमा गरेको बजेट तथा नीति संवाद कार्यक्रमको सुझाव हस्तान्तरण गर्दै ध्यानाकर्षण गराएको हो ।
बजेटको तयारीमा रहेका अर्थमन्त्री पौडेललाई उद्यमशीलता प्रवर्धन गर्न स्टार्टअप नीति पूर्ण कार्यान्वयन, नवउद्यमीलाई सस्तो ब्याजमा कर्जा, कर छुट लगायतका व्यवस्था गर्न सुझाव दिइएको कांग्रेस केन्द्रीय सदस्य एवं पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख अजय बाबु शिवाकोटीले बताए ।
कर सुधारमा पनि ध्यान दिन आग्रह गर्दै दोहोरो कर हटाई एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउन, कर कार्यालयमा जवाफदेहिता बढाउन र डिजिटल कर प्रणालीको विकास गर्नुपर्ने सुझाव दिइएको उनले जानकारी दिए ।
अर्थमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा शिक्षामा सुधार गर्न, कृषि क्षेत्रमा विशेष ध्यान दिन, कर सुधार, उद्यमशीलता प्रवर्धन लगायतका रणनीतिक सुझावहरू छन्।
सुझाव प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक बर्षको बजेटमा समेत उद्यमशीलता, नवप्रवर्तन तथा लघु उद्यमको सशक्तिकरणका विषय समेटिने प्रतिबद्धता जनाए । त्यसका लागि उचित वातावरण निर्माण गरी कार्यान्वयन पक्ष समेत सुदृढ बनाउने उनको भनाइ थियो ।
सुझाव प्रतिवेदन बुझाउने क्रममा उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशीलताको मुद्दामा सरोकारवालाबीच प्रभावकारी छलफलमार्फत साझा धारणा बनाउन जरुरी रहेको बताए । महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दाहरुको प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई घच्घच्याइरहने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।