logo

नवउद्यमशीलता प्रवर्धनका लागि अर्थमन्त्रीको ध्यानाकर्षण

    693   पटक पढिएको


७ जेठ/अर्थ र व्यापार – एमालेको सत्ता साझेदार दल नेपाली कांग्रेसका दुई समितिले आर्थिक वर्ष २०८२/८३ को बजेटमा नवउद्यमशीलता प्रवर्धनका लागि बजेट विनियोजन गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसको पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभाग र उद्यमशील कांग्रेसले संयुक्त रूपमा गरेको बजेट तथा नीति संवाद कार्यक्रमको सुझाव हस्तान्तरण गर्दै ध्यानाकर्षण गराएको हो ।
बजेटको तयारीमा रहेका अर्थमन्त्री पौडेललाई उद्यमशीलता प्रवर्धन गर्न स्टार्टअप नीति पूर्ण कार्यान्वयन, नवउद्यमीलाई सस्तो ब्याजमा कर्जा, कर छुट लगायतका व्यवस्था गर्न सुझाव दिइएको कांग्रेस केन्द्रीय सदस्य एवं पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागका प्रमुख अजय बाबु शिवाकोटीले बताए ।
कर सुधारमा पनि ध्यान दिन आग्रह गर्दै दोहोरो कर हटाई एकद्वार प्रणाली कार्यान्वयनमा ल्याउन, कर कार्यालयमा जवाफदेहिता बढाउन र डिजिटल कर प्रणालीको विकास गर्नुपर्ने सुझाव दिइएको उनले जानकारी दिए ।
अर्थमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा शिक्षामा सुधार गर्न, कृषि क्षेत्रमा विशेष ध्यान दिन, कर सुधार, उद्यमशीलता प्रवर्धन लगायतका रणनीतिक सुझावहरू छन्।
सुझाव प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक बर्षको बजेटमा समेत उद्यमशीलता, नवप्रवर्तन तथा लघु उद्यमको सशक्तिकरणका विषय समेटिने प्रतिबद्धता जनाए । त्यसका लागि उचित वातावरण निर्माण गरी कार्यान्वयन पक्ष समेत सुदृढ बनाउने उनको भनाइ थियो ।
सुझाव प्रतिवेदन बुझाउने क्रममा उद्यमशील कांग्रेसका अध्यक्ष अश्विन सिटौलाले उद्यमशीलताको मुद्दामा सरोकारवालाबीच प्रभावकारी छलफलमार्फत साझा धारणा बनाउन जरुरी रहेको बताए । महासचिव मोहन गजुरेलले उद्यमशीलताका मुद्दाहरुको प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई घच्घच्याइरहने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।