logo

अर्थमन्त्री पौडेलले प्रतिनिधि सभामा पेश गरे आर्थिक सर्वेक्षण, बजेट ३ बजेबाट प्रस्तुत गर्ने

    326   पटक पढिएको


१५ जेठ/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसद्मा पेस गरेका छन् । उनले प्रतिनिधि सभाको बिहीबारको बैठकमा मुलुकको समग्र आर्थिक, सामाजिक र भौतिक स्थिति समेटिएको आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
अर्थमन्त्री पौडेलले १३ जेठको बैठकमा नै आर्थिक सर्वेक्षण पेस गर्ने तालिका थियो । तर, विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर बैठक अवरुद्ध गरेपछि आर्थिक सर्वेक्षण पेस हुन सकेको थिएन । विपक्षी दलहरुले बिहीबार अवरोध हटाएपछि अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गरेका हुन् ।
अर्थमन्त्री पौडेलले यो वर्ष ४.६१ प्रतिशत आर्थिक वृद्धि हुने बताए । उनका अनुसार मुलुकको कुल ग्राहस्थ उत्पादन (जीडीपी) यो आर्थिक वर्ष ६१ खर्ब ७ अर्ब पुग्नेछ ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज दिउँसो ३० प्रस्तुत हुने आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बसेको छ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ । आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
संघिय संसद्मा ३ बजे अर्थमन्त्री पौडेलले आगामी आवको बजेट प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।