१५ जेठ/अर्थ र व्यापार – सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमार्फत् यस्तो जानकारी गराएका हुन् ।
छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने घोषणा गर्दै उनले सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने उनले बजेट पढेर सुनाउँदै जानकारी गराए ।
सरकारले बजेट मार्फत जेष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने लक्ष्य लिएको छ । अब सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने भएको छ । वृद्धभत्ताको उमेर बढाउनेबारे अर्थमन्त्री पौडेलले नयाँ घोषणा गरेनन् । नयाँ बजेट मार्फत सरकारले वृद्धभक्ताको उमेर यथावत नै राखेको छ ।
सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड विनियोजन गरेको छ । अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट छट्याएको जानकारी दिएका हुन् ।
तपाईको प्रतिक्रिया