logo

शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब बचतमा

    838   पटक पढिएको


२९ वैशाख/अर्थ र व्यापार – नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्मको शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँको बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ५५ करोड रुपैयाँको बचतमा रहेको छ भने गत वर्ष सोही अवधिमा २ अर्ब ७५ करोडको बचत थियो ।
यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ९६ करोड रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढी हो । मुलुकबाट बाहिरिने रकमको तुलनामा भित्रिने रकम धेरै हुँदा शोधनान्तर स्थिति बचतमा जान्छ । अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थित ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ५५ करोडले बचतमा छ । अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ७५ करोडले बचतमा थियो ।
यस वर्ष ९ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा छ । गत आव यो अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा थियो ।
अमेरिकी डलरमा १ अर्ब ५५ करोडले बचतमा छ । अघिल्लो वर्ष १ खर्ब ३५ करोड डलरले बचतमा रहेको तथ्यांक छ । यस अवधिमा खुद पूँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड छ ।
अघिल्लो वर्ष यस्तो खुद ट्रान्सफर ४ अर्ब ७८ करोड थियो । यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ९६ करोड भित्रिएको छ । अघिल्लो वर्ष यस्तो लगानी ६ अर्ब ४९ करोड थियो ।
आन्तरिक अर्थतन्त्र शिथिल हुँदा विदेशी मुद्राको सञ्चितिले लगातार कीर्तिमान बनाएको छ । चालु आर्थिक वर्ष चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ बराबर पुगेको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकामा ९ महिनामा १५.४ प्रतिशतले वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा थुप्रिएको विदेशी मुद्रा सञ्चितिले १७.१ महिनाको वस्तु र १४.२ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्छ ।
यो वर्ष ९ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोडले बचतमा छ । गत वर्ष सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।