logo

शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब बचतमा

    488   पटक पढिएको


२९ वैशाख/अर्थ र व्यापार – नेपालको चालु आर्थिक वर्ष २०८१/८२ को ९ महिना (साउन–चैत) सम्मको शोधनान्तर स्थिति ३ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँको बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ५५ करोड रुपैयाँको बचतमा रहेको छ भने गत वर्ष सोही अवधिमा २ अर्ब ७५ करोडको बचत थियो ।
यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ९६ करोड रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा बढी हो । मुलुकबाट बाहिरिने रकमको तुलनामा भित्रिने रकम धेरै हुँदा शोधनान्तर स्थिति बचतमा जान्छ । अघिल्लो आव सोही अवधिमा शोधनान्तर स्थित ३ खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा शोधनान्तर स्थिति २ अर्ब ५५ करोडले बचतमा छ । अघिल्लो वर्ष सोही अवधिमा २ अर्ब ७५ करोडले बचतमा थियो ।
यस वर्ष ९ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोड रुपैयाँले बचतमा छ । गत आव यो अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोड रुपैयाँले बचतमा थियो ।
अमेरिकी डलरमा १ अर्ब ५५ करोडले बचतमा छ । अघिल्लो वर्ष १ खर्ब ३५ करोड डलरले बचतमा रहेको तथ्यांक छ । यस अवधिमा खुद पूँजीगत ट्रान्सफर ७ अर्ब ७१ करोड छ ।
अघिल्लो वर्ष यस्तो खुद ट्रान्सफर ४ अर्ब ७८ करोड थियो । यस अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ८ अर्ब ९६ करोड भित्रिएको छ । अघिल्लो वर्ष यस्तो लगानी ६ अर्ब ४९ करोड थियो ।
आन्तरिक अर्थतन्त्र शिथिल हुँदा विदेशी मुद्राको सञ्चितिले लगातार कीर्तिमान बनाएको छ । चालु आर्थिक वर्ष चैत मसान्तसम्म विदेशी विनिमय सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ बराबर पुगेको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकामा ९ महिनामा १५.४ प्रतिशतले वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा थुप्रिएको विदेशी मुद्रा सञ्चितिले १७.१ महिनाको वस्तु र १४.२ महिनाको वस्तु तथा सेवाको आयात धान्न पुग्छ ।
यो वर्ष ९ महिनामा चालु खाता २ खर्ब १० अर्ब २२ करोडले बचतमा छ । गत वर्ष सोही अवधिमा चालु खाता १ खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।