logo

बजेट सार्वजनिक हुने दिन नजिकिएसंगै सरकारलाई योजना छान्न सकस

प्रोजेक्ट बैंकमा परेका करिब १० देखि ११ हजार आयोजनाहरु कटौतीमा पर्ने सम्भावना

    535   पटक पढिएको




६ जेठ/अर्थ र व्यापार – आगामी बजेट सार्वजनिक हुने दिन नजिकिएसंगै अहिले सरकारलाई विभिन्न प्राथमिताका योजना छान्न सकस भइरहेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट ल्याउन अब ९ दिन मात्र बाँकी छ । संवैधानिक व्यवस्था अनुसार आगामी १५ जेठमा आगामी आवको बजेट सार्वजनिक गर्नुपर्ने बाध्यतामा सरकार छ ।

यति छोटो समयमा पनि अझै बजेट लेखनको अन्तिम तयारीमा रहेको सरकारलाई बजेटमा समावेश गर्ने आयोजना छान्न र त्यसका लागि स्रोत जुटाउन समेत निकै सकस भइरहेको छ । सरकारी राजस्व अपेक्षाअनुसार उठ्न नसकेको र सार्वजनिक ऋणको ‘ग्राफ’ निरन्तर बढ्दै गएको अवस्थामा झन्डै १९ खर्ब ६५ करोडको राष्ट्रिय स्रोत अनुमान समितिले दिएको आगामी आर्थिक वर्षको बजेट सिलिङ अनुसार सरकार स्रोत जुटाउन नसक्ने अवस्थामा पुगेको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा. शिवराज अधिकारीले आगामी आर्थिक वर्षको बजेटको स्रोत व्यवस्थापन र आयोजनाको प्राथमिकीकरण चुनौतीपूर्ण रहेको बताए । योजना जसकालागि आयोगले मंगलबार पूर्व उपाध्यक्षहरु तथा सदस्यहरुलाई बोलाएर स्रोत व्यवस्थापनका चुनौती समाधान गर्न र बजेटमा राखिने आयोजनाका प्राथमिकीकरणका लागि के–कस्ता रणनीति अपनाउन सकिन्छ भनेर छलफल गरेको थियो ।
सो छलफलमा आयोगका उपाध्यक्ष अधिकारीले बजेट स्रोत जुटाउन निकै समस्या भइरहेको बताए । आयोगका अनुसार कोरोना विश्व १९ महामारी पछि धरासायी भएको मुलुकको आर्थिक गतिविधी र अपेक्षाकृत रुपमा संकलन हुन नसकेको कमजोर राजस्वको अवस्था र घट्दो वैदेशिक अनुदानका कारण धरासायी भएको आर्थिक गतिविधीलाई चलायमान बनाउने बजेट ल्याउन सरकारले राम्रा आयोजनालाई आगामी बजेटमा समावेश गर्न सक्नुपर्छ । तर, अझे सरकारले आगामी बजेटमा समावेश हुने आयोजनाहरु छान्न नसकिरहेको अवस्था छ । यसमा संघिय सरकार, विभिन्न तह र सम्बन्धीत निकायबीच समन्वय अभाव छ । यस्तो अवस्थामा स्रोत व्यवस्थापन चुनौतीपूर्ण देखिएको राष्ट्रिय योजना आयोगको भनाइृ छ ।
स्रोत अभावकै कारण सरकारले आगामी आर्थिक वर्षको बजेटमा आयोजनाहरु व्यापक कटौती हुने योजना आयोगले बताउँदै आएको छ । सरकारको रातो किताबमा पर्ने तर कार्यान्वयन गर्न नसकिने र नतिजा समेत नदिने आयोजनामा कैँची चल्ने संकेत आयोगका उपाध्यक्ष अधिकारीले दिएका छन् ।
‘चालु आर्थिक वर्ष २०८१/८२ सम्मको अवस्था हेर्दा भने राष्ट्रिय परियोजना बैंक (प्रोजेक्ट बैंक) मा १८ हजार १ सय बढी आयोजना प्रविष्ट भएको देखिएको छ । यी सबै आयोजना कार्यान्वयन गर्न सम्भव छैन भनेर हामीले करिब सात हजार आयोजना मात्रै राखेर नयाँ प्रोजेक्ट बैंक बनाएका छौँ’, आयोगका उपाध्यक्ष अधिकारीले भने ।
चालु आर्थिक वर्षमा प्रोजेक्ट बैंकमा परेका करिब १० देखि ११ हजारको संख्यामा आयोजनाहरु कटौतीमा पर्ने सम्भावना देखिएको आयोगको अनुमान छ । सरकारले कुनै योजना तथा कार्यक्रमका लागि वार्षिक बजेट विनियोजन गर्दा त्यस्ता योजना प्रोजेक्ट बैंकमा प्रविष्ट भएको हुनुपर्ने व्यवस्था छ । तर बजेट पार्नकै लागि प्रोजेक्ट बैंकमा जथाभावी आयोजना प्रविष्ट गर्ने र बजेट छर्ने प्रवृत्ति पछिल्ला वर्षहरुमा बढ्दै गएको देखिन्छ ।
राष्ट्रिय योजना आयोगले उपलब्ध गराएको तथ्यांकले त्यसको पुष्टि गर्छ । आयोगका अनुसार परियोजना बैंकमा आर्थिक वर्ष २०७७/७८ सम्ममा छ हजार ६४४ आयोजनाहरु प्रविष्ट गरिएको थियो । यसैगरी, आर्थिक वर्ष २०७८/७९ मा ९९ वटा, आर्थिक वर्ष २०७९/८० मा ३९ वटा, आर्थिक वर्ष २०८०/८१ मा ११ हजार १४ वटा र आर्थिक वर्ष २०८१/८२ मा दुई सय २१ वटा आयोजना प्रोजेक्ट बैंकमा हालिएको थियो ।
सबैभन्दा बढी आयोजना रहेका मन्त्रालयमा सहरी विकास मन्त्रालयका ७ हजार ३ सय ७७, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पाँच हजार २९४, खानेपानी मन्त्रालयका दुई हजार ८ सय ५९ वटा आयोजना प्रोजेक्ट बैंकमा समावेश गरिएका थिए ।
जसमध्ये ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको ६ सय ४० वटा , स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ६ सय १५ वटा , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका २ सय २८ वटा योजना बैंकमा थिए । यसरी ठूलो संख्यामा जथाभावी प्रोजेक्ट बैंकमा दर्ता गर्ने र बजेट छर्ने प्रवृत्ति रोक्न यसपटक आयोगले राष्ट्रिय आयोजना बैंकको परिभाषा नै परिमार्जन गरेको उपाध्यक्ष अधिकारीले बताए ।
समय सीमा र बजेट लागत खुलाइएको, पूर्वतयारी सम्पन्न भएको र कार्य सम्पन्न भएपछि सार्वजनिक सम्पत्तिमा वृद्धि वा रुपान्तरण गर्ने प्रकृतिका आयोजनालाई मात्रै अहिले आयोजना बैंकमा राखिएको आयोगले जनाएको छ ।
आयोजनाको लागत र सीमा हेर्दा तीन करोड भन्दा बढी लागतको आयोजनालाई बैंकमा प्रवृष्टि गरिने र पाँच वर्षसम्म कार्यान्वयन हुने नसकेको आयोजनालाई परियोजना बैंकबाट स्वतः निष्क्रिय गर्ने व्यवस्था गरिएको अवस्था छ ।
सरकारमा रहेका राजनीतिक दलका शक्तिशाली नेताहरु तथा मन्त्रीहरुले शक्ति र पहुँचका आधारमा आफ्नो निर्वाचन केन्द्रलाई बढी बजेट दिएर विभेद गर्ने गरेको आरोप संसदबाटै लाग्ने गरेको छ । अझ यसपटक त सबैजसो दलका सांसदहरु जुनकुनै हालतमा ‘सांसद विकास कोष’ लाई ब्युँताउनु पर्छ भनेर सरकारलाई दबाब समेत दिइरहेका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले सांसदहरुलाई आयोजना छान्ने अधिकार दिनुपर्ने भन्दै घुमाउरो शैलीमा सांसद विकास कोष ब्युँताउन सुझाव दिएको थियो । विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रममा मात्र नभई संसदमै पनि सांसद विकास कोष ब्युँताउनुपर्ने माग उठ्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।