२२ बैशाख/अर्थ र व्यापार – उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग आगामी आर्थिक वर्षको बजेटबारे परामर्श गरेका छन् ।
सोमबार बिहान बुढानिलकण्ठस्थित देउवा निवास पुगी उपप्रधान तथा अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् । सो अवसरमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिएका थिए ।
पौडेलसँगको भेटमा सभापति देउवाले मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी मितव्ययिता अवलम्बन गर्न र स्रोतको अधिकतम् सदुपयोग हुनेगरी बजेट निर्माण गर्न सुझाव दिए ।
१५ जेठमा प्रस्तुत हुने बजेटका लागि सरकारले राय सुझाव संकलन गरिरहेको छ । देशकै ठूलो राजनीतिक दल कांग्रेस सत्ता साझेदार हो । कांग्रेसले यसअघि नै बजेटमा सुझाव संकलन गरिसकेको छ । संकलन गरिएको सोही सुझाव अर्थमन्त्रीलाई दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया