logo

सार्क चेम्बरको पर्यटन समिति संयोजकमा चन्द्रप्रसाद ढकाल चयन

    79   पटक पढिएको

१ मंसिर / अर्थ र व्यापार- सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् । माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८ औँ कार्यकारी समितिको बैठकले उनलाई उक्त जिम्मेवारी प्रदान गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष समेत रहेका ढकाल नेपालको प्रतिष्ठित व्यावसायिक घराना आइएमई समूहका अध्यक्ष हुन । उनी चन्द्रागिरि हिल्स लगायत नेपालका सातवटै प्रदेशमा पर्यटन पूर्वाधार विकासका साथै स्वदेशी इला होटल, चेन ब्रान्डको प्रवद्र्धक तथा लगानीकर्ताका रूपमा परिचित छन ।

संयोजक ढकालले दक्षिण एसियाको भौगोलिक बनावट र सांस्कृतिक विविधता विश्वमै अद्वितीय रहेकाले यस क्षेत्रलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए छ । सर्वोच्च शिखर सगरमाथाको हिमशृङ्खलादेखि हिन्द महासागरका टापु, विशाल समुद्री तट, जङ्गल, मरुभूमि तथा समृद्ध धार्मिक र ऐतिहासिक सम्पदाहरूले यस क्षेत्रमा पर्यटनको अपार सम्भावना बोकेको उनको भनाइ छ ।

विश्वको करिब एक चौथाइ जनसंख्या बसोबास गर्ने दक्षिण एसिया आफैँमा एक विशाल आन्तरिक पर्यटन बजार रहेको उल्लेख गर्दै उनले यो सम्भावनालाई यथार्थमा बदल्न समग्र सार्क क्षेत्रमै पर्यटन पूर्वाधारको स्तरोन्नति र लगानी विस्तार अपरिहार्य रहेको बताए ।

यस क्षेत्रका प्रतिष्ठित होटल तथा आतिथ्य ब्रान्डहरूलाई एकअर्काको देशमा विस्तार गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै संयोजक ढकालले भने– “अन्तरदेशीय लगानी विस्तारले पुँजीसँगै ज्ञान, सीप र प्रविधिको आदानप्रदानलाई समेत टेवा पु¥याउँछ । नेपालकै सन्दर्भमा पनि सार्क राष्ट्रका लगानीकर्ता र स्थापित होटल चेनहरूलाई यहाँको पर्यटन पूर्वाधारमा आकर्षित गर्दै नेपाली आतिथ्य क्षेत्रको अनुभवलाई क्षेत्रीयस्तरमा जोड्न सकिन्छ ।”

क्षेत्रीय पर्यटन प्रवद्र्धनका लागि ‘सार्कभित्रै घुमौँ’ भन्ने भावनाका साथ अन्तरक्षेत्रीय पर्यटन अभियान सञ्चालन गर्न आवश्यक रहेको उनले वताए । विभिन्न देशका गन्तव्यहरूलाई समेटेर साझा पर्यटन सर्किट र प्याकेज निर्माण गर्दै धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा साहसिक पर्यटनमा आपसी आदानप्रदान बढाउन सकिने समेत उनको धारणा छ ।

क्षेत्रीय पर्यटन विकासको मुख्य आधार सहज सम्पर्क सञ्जाल (कनेक्टिभिटी) रहेको उल्लेख गर्दै उनले सार्क राष्ट्रका प्रमुख सहरहरूबीच सीधा हवाई तथा स्थलमार्गको पहुँच विस्तार गर्न सके पर्यटक, व्यवसायी र लगानीकर्ताको आवागमनमा तीव्रता आउने बताए । यसै क्रममा नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूलाई पनि सार्कका प्रमुख गन्तव्यहरूसँग सीधा हवाई सम्पर्कमा जोड्न सकिएमा क्षेत्रीय पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने उनको विश्वास छ ।

यी लक्ष्य हासिल गर्न सार्क राष्ट्रका सरकार र निजी क्षेत्रबीचको बलियो सहकार्य अनिवार्य रहेको बताउँदै संयोजक ढकालले नीतिगत समन्वय र व्यावसायिक साझेदारीका लागि सार्क चेम्बरजस्ता क्षेत्रीय मञ्चहरूले पुलको काम गर्न सक्ने उल्लेख गरे । उनले समग्र दक्षिण एसियाको साझा पर्यटन विकास र समृद्धिका लागि परिणाममुखी भूमिका निर्वाह गर्न आफू प्रतिबद्ध रहेको बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।