logo

पर्वतारोहण संचालक संघद्वारा ३६ लाख ११ हजार प्रदान

    82   पटक पढिएको

२५ भदौ/अर्थ र व्यापार- पर्वतारोहण संचालक संघ नेपाल र यसका सदस्यहरुको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ लाख एघार हजार एक सय दश रुपैयाँ प्रदान गरिएको छ । संघका अध्यक्ष डम्बर पराजुलीको नेतृत्वमा गएको संघको टोलिले पर्यटन मन्त्री खडक राज पौडेल (गनेस) लाई सो रकम हस्तान्तरण गरेको हो ।

पर्वतीय पर्यटन क्षेत्रमा क्रियाशील जिम्मेवार संस्था तथा व्यवसायीहरूको हैसियतले विपद् प्रभावित परिवारहरूको पीडामा साथ दिनु संघको सामाजिक, मानवीय तथा राष्ट्रिय दायित्व समेत हो भन्ने महसुस गर्दै संघले कार्यसमिति बैठकको निर्णय अनुसार एघार लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।

त्यसका साथै संघका सदस्यहरु ट्याग नेपाल प्रा.लि.को तर्फवाट दश लाख, सातोरी एड्भेन्चर्स प्रा.लि.को तर्फवाट पाँच लाख, शांग्रिला नेपाल प्रा.लि.को तर्फवाट पाँच लाख, आइसल्याण्ड ट्रेक्स एण्ड एक्सपिडिसनको तर्फवाट चार लाख चौवालिस हजार चार सय चौवालिस र एक्सपिडिसन हिमालय डटकमको तर्फवाट पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ संकलन भएको संघले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।