logo

ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा

प्रधान, राणा र गुरुङ अध्यक्षमा भिड्दै 

    1364   पटक पढिएको

२३ ज्येष्ठ / अर्थ र व्यापार- आगामी ज्येष्ठ २५ गते हुन गईरहेको ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) को निर्वाचनमा त्रिपक्षिय प्रतिस्पर्धा हुने भएको छ । निर्वाचनका लागी परिषद्का वर्तमान अध्यक्ष समिर गुरुङ, वर्तमान उपाध्यक्ष प्रकाश नरसिंह राणा र वर्तमान कार्यसमिति सदस्य अर्जुनलाल प्रधान प्यानल सहित प्रतिस्पर्धामा छन ।

प्रधान समुहको प्यानल अन्र्तगत उपाध्यक्षहरुमा टासी गुरुङ, महेश महर्जन, पाल्साङ गुरुङ, महासचिवमा सहदेब धमला, सचिवमा बद्री तिमिल्सिना,कोषाध्यक्षमा पुण्यराम लगेजु तथा कार्यसमिती सदस्यहरुमा गोपाल गुरुङ, नरेन्द्र बहादुर श्रेष्ठ, रहेन्द्र प्रसाद प्रधान, बिनोद श्रेष्ठ, कुल्साङ दोर्जी लामा र राजन खरेल रहेका छन ।  

त्यसैगरी प्रकाशनरसिंह राणा समुहको प्यानलमा उपाध्यक्षहरुमा  भविश्वर शर्मा, राजुमान डंगोल, गिता गुरुङ, महासचिवमा धु्रब अधिकारी, सचिव दवाङग तामाङ, कोषाध्यक्ष रामकुमार थपलिया, सदस्यहरुमा कर्मा घले, राजेन्द्र दुलाल, केशव बस्नेत, राजन श्रेष्ठ, दिनेश श्रेष्ठ, स्वब्नील शर्मा, रुपेश गुरुङ, महेशराज कोईराला रहेका छन ।

त्यसैगरी बर्तमान अध्यक्ष समिर गुरुङ समुहको उपाध्यक्षहरुमा गोविन्द पन्त, छिरिङ डोल्मा श्रेष्ठ, रत्नप्रसाद दुलाल, महासचिवमा नारायण खनाल,सचिवमा रामचन्द्र गिरी (बिल्ला) र कोषाध्यक्षमा रामशरण ढकाल रहेका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।