logo

नेपाल भ्रमण वर्ष र वर्तमान चुनौती

गोकर्ण सिंह थापा

    1879   पटक पढिएको

नेपालमा पर्यटन क्षेत्रको विकास गर्नुपर्छ र पर्यटन क्षेत्रकै माध्यमवाट समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने चर्चा हुन थालेको धेरै भयो  । तर चर्चा भएअनुरुप न त देशभित्र पर्यटक भित्र्याउनको लागी आवश्यक तयारी देखिन्छ न त अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचार–प्रसार नै सो अनुसार भएको देखिन्छ ।

राज्यले पर्यटनलाई महत्व दिने भनेर भनेपनि यो क्षेत्रमा युवाहरुको आकर्षण वढ्न सकेको छैन । जवसम्म यो क्षेत्रमा योग्य र क्षमतावान व्यक्तिहरुको प्रवेश हुँदैन, तवसम्म यो क्षेत्रले फड्को मार्न सक्दैन । 

नेपाल सरकारले सन २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष मनाउने तयारी गरिरहेको छ । नेपाल भित्र नेपाल भ्रमण वर्षको जसरी चर्चा छ, त्यो चर्चा र बहस देशवाहिर भएको भए नेपाल भ्रमण वर्ष सफल होला भन्ने अपेक्षा गर्न सकिन्थ्यो तर विदेशमा यसवारे कसैलाई जानकारी भएको देखिँदैन । त्यसैले नेपाल भ्रमण वर्ष सफल पार्न नेपाल सरकार,नेपाल पर्यटन वोर्ड, नेपाल भ्रमण वर्षको सचिवालय, निजी क्षेत्र,निजी क्षेत्रका व्यवसायिक संस्थाहरु तथा विदेशस्थित दुतावास र कुटनितिक क्षेत्र विच सहकार्य र समन्वय आवश्यक छ । 

नेपाल भ्रमण वर्ष सुरु हुनु अगावै केहि सुधारहरु गर्नु आवश्यक छ भने दिर्घकालीन गर्नुमा गुर्नुपर्ने केहि कामहरु छन । आज पनि हामो विमानस्थलका कर्मचारीहरुको व्यवहार उस्तै अशिष्ट छ, त्यसमा तुरुन्त परिवर्तन ल्याउनुपर्छ । सकेसम्म अनलाईन भिसा,लगेज व्यवस्थापनको समस्याको अन्त्य, दलालको अवरोधवाट मुक्ति तत्काल व्यवस्था गर्नु आवश्यक छ । सामान्य वाटोघाटोको व्यवस्थापनमा पनि ध्यान दिनु आवश्यक छ । नेपाल भ्रमण वर्षलाई नै लक्षित गरेर राजमार्गहरुको सुधार गर्नु आवश्यक छ ।

वर्षौंदेखि हामी काठमाडौं, पोखरा वा चितवनलाई मात्र देखाईरहेका छनैं । देशैभरी पर्यटकीय स्थलहरु विकास गर्नेतिर उचित ध्यान पुगेको छैन । अर्कोतिर नेपाल भ्रमण वर्षलाई लक्षित गरेर सेवा प्रदायकहरुले छुट वा अन्य विशेष योजनाहरु ल्याउन आवश्यक छ,जसले गर्दा पनि पर्यटकलाई आकर्षित गर्न सकियोस ।

सवैभन्दा महत्वपूर्ण पक्ष प्रचार–प्रसार नै हो । आजपनि नेपाल भन्दा नचिन्नेहरु विश्वमा प्रशस्तै छन । त्यसैले नेपाल भ्रमण वर्षका लागी अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसारलाई तिव्र पारिनुप¥यो । प्रविधिको प्रयोग र सामाजिक सञ्जालमा अझ प्रभावकारी उपस्थिति हुनुप¥यो । प्रचार–प्रसार गर्दा पनि बढि भन्दा बढि व्यक्तिलाई नेपाल वारे जानकारी दिन सक्ने उपायहरु अपनाउन आवश्यक छ ।
अन्तर्राष्ट्रिय विमानस्थल र ठूला पूर्वाधारको निर्माणमा तिव्रता दिनैपर्छ । त्यस्तै महत्वपूर्ण विषय हो–जनशक्ति । आजसम्म पनि नेपालमा उत्पादित जनशक्ति विदेशीईरहेको छ भने अर्कोतिर पर्यटन क्षेत्रका लागी योग्य जनशक्ति उत्पादन नै कम छ । अर्कोतिर नेपालमा उत्पादित जनशक्ति कतिपय अवस्थामा नेपालको पर्यटन क्षेत्रमा आवश्यक जनशक्ति संग तालमेल मिलिरहेको छैन ।
त्यसैले बहस वा छलफलमा मात्र पर्यटन क्षेत्र नेपालको विकासको प्रमुख आधार हो भनेर मात्र हुँदैन,त्यसका लागी आवश्यक पूर्वाधार र वातावरण निर्माणमा ध्यान दिनैपर्छ । अर्कोतिर कसरी नेपालमा स्तरीय पर्यटक भित्र्याउने र उनीलाई नेपालमा दिएको सेवा–सुविधालाई अझ परिस्किृत गर्ने भन्नेतिर पनि सोच्न आवश्यक छ । जसका कारण एउटै पर्यटक पनि दाहो¥याएर नेपाल आईरहोस ।

(थापा आलय होलिडेज प्रा.लि. का प्रबन्ध निर्देशक हुन ।)
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।